Powered by Blogger.
सिन्धुलीमा स्कार्पियो दुर्घटना ः एक जना मृत्यु, एक घाईते

बुद्ध नेपाली


सिन्धुली, १७ माघ ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका –५ खनियाँखर्क नजिकै शुक्रवार विहान स्कारपियो गाडी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । 

दुर्घटनामा परी सप्तरी जिल्लाको कन्चनरुप नगरपालिकामा सह लेखापाल पदमा कार्यरत कन्चनरुप नगरपालिका वडा नं. ६ का ३३ बर्षिया सुर्यन्द्र नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

पुर्वबाट काठमाडौं जादै गरेको स१च १००९ नम्बरको स्कारपियो दुर्घटना हुदाँ चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए । 

दुर्घटना परी सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका वडा नं. ६ कै बर्ष ३० का महमद अफरोज गम्भिर घाईते भएका छन् । उनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौं स्थित ट्रमा सेन्टर पठाइएको प्रहरी नायवउपरिक्षक खत्रीले जानकारी दिए । 

चालकले बाटोमा मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले आफै अनियन्त्रीत भई गाडी सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses