Powered by Blogger.
सिन्धुलीमा मध्यरातमा मोेटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्य

सिन्धुली, १८ माघ ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका वडा नं. ७ सुनिता पेट्रोल पम्प नजिकै शुक्रवार राती १ बजे माटेरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । 

मृत्यु भएका दुई जना मध्ये एक जनाको सनाखत भएको छ भने अर्का मृतकको सनाखत हुन सकेको छैन् । दुर्घटनामा परी मृत्यु भएका मोटरसाईकल चालक धनुषा जिल्ला महेन्द्रनगर –२ का २४ बर्षिया सुनिल कुमार राय राजपुतको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । 

सिन्धुलीमाढीबाट भिमान तर्फ जादै गरेको प्रदेश २–०२–००१ प २५१० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ उनीहरुको ज्यान गएको हो । शब पोष्टम्याटमका लागी सिन्धुली अस्पतालमा राखिएको प्रहरी नायवउपरिक्षक खत्रीले जानकारी दिनुभयो । 

रातको समयमा दुर्घटना भएकाले के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको पनि तिव्रगतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


,

0 comments

Write Down Your Responses