Powered by Blogger.
तीनपाटन गाउपालिकाको छैठौं गाउँँसभा सम्पन्न

बुद्ध नेपाली
सिन्धुली, २५ माघ । सिन्धुलीको तीनपाटन गाउपालिकाको छैठौं गाउँ सभा शनिवार सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले एउटा ऐन, विभिन्न कार्यविधि, नियमावली पारित तथा अनुमोदन गरेको छ । 

गाउँसभाले गाउपालिकामा गाउँ प्रहरी भर्ना गर्ने गरी गाउँ प्रहरी ऐन सर्वसम्मतीले पारित गरेको गाउपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले जानकारी दिनुभयो । 

गाउँसभाले बाल मैत्री गाउपालिका बनाउन बाल संरक्षण निति र रणनिति पनि पास गरेको गाउपालिकाका अध्यक्ष मगरले जानकारी दिनुभयो । 

कृषि व्यवसाय सम्बन्धि कार्यविधि, प्रहरी नियमावली, गाउपालिका खर्चको मापदण्ड र कार्यविधि पनि गाउँसभाले अनुमोदन गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सुवेदीले बताउनुभयो । 

त्यस्तै गाउँसभाले गाउपालिकाको चालु आर्थिक बर्षको खर्चको रकमान्तर, वडा नं. १ देखि ११ सम्मको संसोधित योजनाहरु पारित गरेको छ । 

विचमा आउने नयाँ योजना र हुने खर्चको रकमान्तरको लागी कार्यपालिकालाई अधिकार प्रत्यायोजन समेत गाउसभाले गरेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

गाउँसभामा गाउपालिका अध्यक्ष थापाले सभामा उठेका सवालको जवाफ दिनुभयो भने उपाध्यक्ष पदम माया तामाङले गाउपालिकाको अहिले सम्मको प्रगती प्रतिवेदन र प्रमुख प्रशासकिय अधिकृत सुवेदीले वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


,

0 comments

Write Down Your Responses