करेन्ट लागेर एक जनाको मृत्यु
रेडियो बिजय किल्ला
सिन्धुली,२५ माघ । सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर शनिवार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुधौली नगरपालिका १० पटियानीका ३५ बर्षिया कृष्ण कटुवालको मृत्यु भएको हो ।
दुधौली नगरपालिका १० पटियानी स्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको लागी फलामे रड सिधा बनाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भईरहेको मेन लाईनमा रडले छुदाँ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
करेन्ट लागेर घाईते भएका उहाँलाई उपचारका लागी आरके अस्पताल सिराहा पुर्याएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीनायब उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses