Powered by Blogger.
भ्रष्टाचारीको विरुद्ध बोल्नेको संरक्षण गर्ने एने, कानुन नै छैन : प्रधान

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव मुकुन्द बहादुर प्रधानले कुनै पनि व्यक्तिले भ्रष्टाचारीको विरुद्धमा बोल्दा राज्यले उसको संरक्षण गर्न नसकेका कारण नेपालमा भ्रष्टचार नियन्त्रण हुन नसकेको बताउनुभएको छ । आज(बिहीवार) ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार अभियान अन्तर्गत पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै नेपालमा भ्रष्टाचारीको विरुद्धमा बोल्दा बोल्ने र सुचना दिने व्यक्तिको संरक्षण गर्ने ऐन कानुनमा व्यवस्था नरहेको उहाँले बताउनुभएको हो । उहाँले ट्रान्सपरेन्सी ईन्टरनेशनलले निकालेको सिपीआई स्कोर अनुसार नेपाल भ्रष्टाचारयुक्त देशभित्र पर्ने भएपनि अहिले केही मात्रामा मात्रै सुधार भएको बताउनुभयो । 

ट्रान्सपरेन्सी ईन्टरनेशनलको सिपीआई स्कोर अनुसार नेपालमा भ्रष्टाचार कम हुदै गएपनि नेपाल भ्रष्टाचारमुक्त देश हुन अझै दशैं बर्ष लाग्ने उहाँले धारणा राख्नुभयो । ट्रान्सपरेन्सी ईन्टरनेशनलले २००४ सालमा निकालेको सिपीआई स्कोरमा नेपाल र भारतको बराबरी अंक भएपनि २०१९ सम्म आउदा भारतले सिपीआई स्कोर ४० पुर्याउदा नेपालको सिपीआई स्कोर ३४ मात्रै हुनुले पनि नेपालमा भ्रष्टाचार कम हुन नसकको प्रष्ट हुने उहाँले बताउनुभयो । 

उहाँले अख्तियार दुरुपयोग ऐन र भ्रष्टाचार विरुद्धको ऐन संसोधनका लागी संसदमा गएको जानकारी दिनुभयो । छलफल कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) सिन्धुलीका प्रमुख शिव कुमार सापकोटाले भुकम्पले क्षतिग्रस्त जिल्लाका ५५७ ओटा विद्यालय मध्ये ३५२ ओटा विद्यालयको पुनःनिर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो । बाँकी २१५ ओटा विद्यालयमा अहिले सम्म कुनै पनि पुननिर्माणको काम सुरु नभएको उहाँले बताउनुभयो । उहाँले जिल्लामा भुकम्प पछि पुननिर्माण भईरहेका विद्यालयहरु गुणस्तरीय बनाउन र निर्माणमा भ्रष्टाचार हुन नदिन ध्यान दिएर काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल सिन्धुलीका अधिकृत गंगा सत्यालले भुकम्पपछिको पुनःनिर्माणमा सिन्धुलीमा जिल्लामा जम्मा ३८ ओटा गुनासोहरु कार्यालयमा आएको जानकारी दिनुभयो । दोस्रो, तेस्रो विस्ता र प्रवलिकरणका किस्ता आउन ढिलो भएको, बैक खाता खोलेको धेरै समयसम्म पनि खातामा रकम नआएको, सरकारले दिने भनेको सहुलियत ऋण नपाएको, प्राविधिक ईन्निनियरको ढिलासुस्तीले किस्ता निकाल्न ढिला भएको बाटोको समस्याले गर्दा घर बनाउन नसकेको, कमजोर आर्थिक अवस्थाले गर्दा घर बनाउन नसकेको, सर्वेक्षण त्रुटि पुर्ण हुदाँ क्षति भएको घर प्रवलिकरणमा परेको लगाएतका ३८ वटा गुनासोहरु गत जेठ देखि मंसिर सम्ममा कार्यालयमा आएको उहाँले बताउनुभयो । 

आएका गुनासोहरुको सम्बोधनका लागी सम्बन्धित कार्यालयको ध्यानाकर्षण गरेको पनि उहााले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले सरकारको झन्झटिलो प्रक्रियाका कारण निजी आवास पुननिर्माणमा जिल्लाले गतिलिन नसकेको बताउदै ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले झन्झटिलो प्रक्रियालाई सजिलो बनाउन र जनताहरुको गुनासो सम्बोधनमा पहलकदमी लिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले विद्यालय पुननिर्माणमा ठुलो रकम खर्च हुनेभएकाले विद्यालय पुननिर्माणमा हुने भ्रष्टाचार कम गर्न पनि ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।


,

0 comments

Write Down Your Responses