Powered by Blogger.
आदिवासी जनजाति मगर संघ नेपाल सिन्धुलीको आज सपथ ग्रहण सम्पन्न

रेडियो बिजयकिल्ला, सिन्धुलीमाढी, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन आदिवासी जनजाति मगर संघ नेपाल जिल्ला कायसमिति सिन्धुलीको शनिवार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।     सपथ ग्रहणसँगै सिन्धुली जिल्ला कार्यसमितिले पुर्णता पाएको छ । 

सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रमका बिच आदिवासी जनजाति मगर संघ नेपालका केन्द्रिय अध्यक्ष भोज विक्रम बुढामगरले ३५ सदस्यी जिल्ला कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । 

आदिवासी जनजाति मगर संघ नेपाल जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष टुक्त बहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य हरिबोल गजुरलेले पार्टी निर्माणमा मगरहरुको अतुलनिय योगदान रहेको बताउनुभयो । 

उहाँले पार्टीमा अकल्पनीय ढंगमा पुर्वसभामुख कृष्ण बहादुर महरा काण्ड र सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा काण्ड घटेकाले अव पार्टी र दुई अध्यक्षले गम्भिर रुपमा सोचेर अगाडी बढ्नुपर्ने बेला आएको बताउनुभयो । 

सपथ ग्रहण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका सहईन्चार्ज उमा कोईराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन) लगाएतका नेताहरुको उपस्थिती रहेको थियो । 

सपथ ग्रहण कार्यक्रमको संचालन संघका सहसंयोजक दुधराज पुलामी मगरले गर्नुभएको थियो ।


, ,

0 comments

Write Down Your Responses