Powered by Blogger.
नेपाल शिक्षक संघ सिन्धुलीको २२ औं प्रतिनिधिसभा रानीवासमा सम्पन्न

रेडियो बिजय किल्ला, सिन्धुलीमाढी, १० फागुन । नेपाली काग्रेसको भातृ संस्था नेपाल शिक्षक संघ सिन्धुलीको २२ औं प्रतिनिधिसभा तथा प्रशिक्षण कार्यक्रम सिन्धुलीको रानीवासमा शनिवार सम्पन्न भएको छ । नेपाल शिक्षक संघ सिन्धुलीका सभापति अरुण कुमार थिङको सभापतित्वमा कार्यक्रम सपन्न भएको हो । 

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका केन्द्रिय सभापति तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का पुर्व महासचिव केशव प्रसाद भट्टराईले समयमा पुस्तक पाईएन भनेर शिक्षकहरुले गुनासो गर्नुभन्दा प्रविधिको उच्चतम् प्रयोग गर्दै खोज अनुसन्धान गरेर शिक्षक आफैले पाठ्यक्रम तयार गरेर पठनपाठन संचालन गर्नुपर्ने बताउनुभयो । 

उहाँले लोकतन्त्रलाई मजबुद बनाउन सवै शिक्षकहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा संघको आर्थिक आयव्यय संघका अर्थ सचिव कर्ण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रमको अवसरमा नेपाल शिक्षक संघ सिन्धुलीका पुर्वअध्यक्षहरु प्रेम बहादुर भट्टराई, शालिकराम पौडेल, शिव कोईराला, श्रीनारायण ठाकुर लगाएतलाई सम्मान गरिएको छ । 

नौ स्थानिय तह मध्ये उत्कृष्ट काम गरेको भन्दै नेपाल शिक्षक संघ सुनकोशी गाउपालिकालाई पुरस्कृत गरिएको छ । त्यस्तै मुटु रोगी शिक्षक लक्ष्मी पोख्रेललाई १० हजार संघले सहयोग गरेको छ । कार्यक्रमको संचालन संघका सचिव कृष्ण ढुंगेलले गर्नुभएको थियो ।


, ,

0 comments

Write Down Your Responses