Powered by Blogger.
राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको सपथग्रहण सम्पन्न


सिन्धुली ११ फाल्गुण । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको एकता भेला तथा सपथग्रहण समारोह एक कार्यक्रम बीच आईतबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको सपथग्रहण समारोहमा जिल्ला कमीटीका ७१ सदस्य र ९ स्थानीय तहका संयोजक र सहसंयोजकले पद तथा गोपनियताको सपथ लिएका हुन । 

कार्यक्रममा शुभकामना मनतब्य राख्दै प्रमुख अतिथि सापकोटाले राष्ट्रिय युवा संघ नेपालले बिदेशी भुमीमा रहेका लाखौ युवाहरू देखि देशका विभिन्न राजनैतिक पार्टीमा छरिएर रहेका युवाहरूलाई नेतृत्व गर्नुपर्ने आबश्यक्ता रहेकोमा जोड दिदै भन्नुभयो, अबका दिनमा एमाले र माओवादीको कोडबाट हैन नेकपाको कोडबाट सोच्न र अगाडि बढ्नु पर्छ ।, युवाहरूले आफ्ना सोच ब्यवाहारमा परिबर्तन गर्न सकेमात्र नेता बन्न सकिने बताउदै सापकोटाले आमा उपन्यासको पावेल जस्तै बन्न सबै युवाहरूलाई आग्रह गर्नुभयो । 

विशेष अतिथि तथा राष्ट्रिय युवा संघका सह(संयोजक रमेश पौडेलले राष्ट्रिय युवा संघ नेपाल बिचार र नेतृत्वको रक्षा गर्ने संगठन भएको बताउँदै भन्नुभयो, प्रतिक्रियावादीहरूले गोयबल्स शैलीमा प्रगतिशिल सरकार र संविधान बिरूद्द प्रचार गरिरहेकाले त्यसको डटेर युवाहरूले प्रतिबाद गर्नुपर्छ ।, उहाँले जनतालाई उपलब्धीहरू बुझाउन नसक्दा पार्टी बिरूद्द जनतामा भ्रम परेको बताउनु भयो । सरकारले शुसासन कायम गर्न आफ्नो र पराई नभनी काम गरिरहेको पनि पौडेलले जिकिर गर्नुभयो । 

विशेष अतिथीको रूपमा कार्यक्रममा मनतब्य राख्दै नेकपा केन्द्रीय सदस्य तथा सिन्धुली सह(इन्चार्ज उमा कोईरालाले युवाहरू कुनै खालको लोभलालचमा नलागी पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाले युवाहरू आन्दोलन र संघर्षबाट नै खारिनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले राष्ट्रिय युवा संघलाई अध्यन, श्रम र उत्पादनमा जोड्न आबश्यक रहेकोमा जोड दिनुभयो । अध्यक्ष दाहालले युवाहरूको संगठन पार्टीलाई विशिष्ट अबस्थामा सहयोग र खबरदारी गर्ने संगठन भएकाले त्यो अनुसारको क्षमता बिकास गर्न आग्रह गर्नुभयो । 

जिल्ला संयोजक भुल बहादुर रानाको अध्यक्षतामा भएको समारोहमा नेकपा सिन्धुलीका सह(इन्चार्ज कमलजंग राई, नेकपा जिल्ला सचिब प्रदिप कट्वाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरू लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । 

पुर्व नेकपा(एमाले) निकट युवा संघ नेपाल र पुर्व माओवादी केन्द्रको योङ कम्युनिष्ट लिग बिच केन्द्रमा पार्टी तथा संगठन एकतासँगै जिल्लामा पनि २०७६र०९र२६ मा एकता कार्य सम्पन्न भएको थियो । 

भेलाको अबसरमा पुर्व युवा संघ नेपालका जिल्ला अध्यक्षहरू तथा पुर्व योङ कम्युनिष्ट लिगका जिल्ला अध्यक्षहरूलाई सम्मान समेत गरिएको थियो ।


, ,

0 comments

Write Down Your Responses