Powered by Blogger.
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल सिन्धुली आउनुहुदै


सिन्धुली, १२ फाल्गुन । शहीद ऋषिराज देवकोटा ‘आजाद’ को ३९ औं स्मृति दिवस आज (सोमवार) सिन्धुलीको भिमानमा विशेष कार्यक्रम गरेर मनाईदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सिन्धुलीको आयोजनामा हुने कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संम्बोधन गर्ने बागमती प्रदेशसभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन)ले जानकारी दिनुभयो  ।

आजाद स्मृति भवन भिमानमा विहान ११ बजे सुरु हुने कार्यक्रमलाई सम्बोधन गर्न आज विहान ११ बजे रक्षामन्त्री पोख्रेल सिन्धुली आउन लाग्नुभएको हो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय तथा जिल्ला तहका नेताहरुको समेत सहभागीता रहने उहाँले बताउनुभयो ।


, ,

0 comments

Write Down Your Responses