Powered by Blogger.
काग्रेस परित्याग गरी १५० भन्दा बढी नेकपामा प्रवेश


सिन्धुली, ३ चैत्र । कमलामाई नगरपालिका वडा नं.१२ मा नेपाली काग्रेस पार्टी परित्याग गरी १५० भन्दा बढी कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन ।
सोमबार भएको कार्यक्रममा नेपाली काग्रेसका स्थानीय नेता केदार बहादुर आलेमगरको नेतृत्वमा नेकपामा प्रवेश गरेको जनाइएको छ । वडा अध्यक्ष ललित बहादुर आलेको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बागमति प्रदेश कमिटी सदस्य तथा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले स्वागत गर्नुभएको थियो ।
नब प्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथी खत्रीले कमलामाई नगरपालिकाको १२ नम्बर वडाको समग्र विकासका लागी नगरपालिका कार्यालयको तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा सिन्धुलीका संगठन विभाग प्रमुख सुर्य पाख्रीन, नेकपाका जिल्ला नेता तथा कमलामाई नगरपालिका कार्यालयका प्रबक्ता कर्ण घिसिङ्ग, वडा अध्यक्ष राम बहादुर थिङ्ग नगरकमिटी सदस्य भिम बहादुर गुर्मछान लगायतले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।



, ,

0 comments

Write Down Your Responses