Powered by Blogger.
कमलामाई नगरपालिकाद्धारा सहकारी संस्थाहरुको अनुगमनमा तिब्रता

४५ नम्बर नल्याउने सहकारी खारेज हुने 

सिन्धुली, ७ चैत्र । कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले नगरपालिका कार्यालयको सहकारी अनुगमन निरिक्षण कार्यविधी २०७६ अनुसार तय गरेको सहकारी संस्थाको मुल्याङकनको लागी तय गरेको १०० पुर्णाङकको सुचंकाङक अनुसार दुई पटकको अनुगमनमा पनि ४५ नम्बर नल्याउने जुनसुकै क्षेत्रका सहकारी संस्थालाई खारेज गर्ने जनाएको छ ।
सहकारी क्षेत्र भित्रका बिकृति र समस्याहरुको पहिचानका लागी नगरपालिका क्षेत्रका सबै प्रकारका सहकारीहरुको अनुगमन तथा नियमनको कामलाई सुरु गरेको नगरपालिका कार्यालयले सहकारी संस्थाको विभिन्न् सुचकाङकहरुको अध्यनको आधारमा ७० अंक भन्दा माथि ल्याउनेलाई अति राम्रो, ६० अंक भन्दा माथि ल्याउनेलाई राम्रो, ४५ अंक भन्दा माथि ल्याउनेलाई मध्यम र ४५ अंक भन्दा कम ल्याउनेलाई कमजोर श्रेणीमा राखेको छ । अनुगमनको क्रममा २ पटक  सम्म ४५ भन्दा कम अक प्राप्त गर्ने सहकारी संस्थालाई नगर कार्यपालिकाको बोर्डले उक्त सहकारीको अनुमति खारेज गर्न सक्ने ब्यवस्था रहेको कमलामाई नगरपालिका कार्यालयका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले बताउनुभयो । अनुगमन तथा मुल्याङकनको क्रममा सहकारीहरुको बचत, ऋण, ब्याजदर, ऋण परिचालन लगायतका बिषयमा अध्यन गरीने माझीले जानकारी दिनुभयो ।
कमलामाई नगरक्षेत्रमा सञ्चालित सहकारीहरुलाई ब्यवस्थित गर्नका लगी कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका सहकारी ऐन २०७५ र सहकारी निरिक्षण कार्यविधी २०७६ को निर्माण गरी नितीगत रुपमा सहकारीहरुलाई ब्यवस्थित गर्ने कामलाई अगाडि बढाएको कमलामाई नगरपालिका कार्यालयका मेयर खड्ग बहादुर खत्रीले बताउनुभयो । अनुगमनको क्रममा आफ्नो विद्यान र बिनीयम अनुसार आधारभुत सिद्धान्त पालन नगर्ने सहकारीहरुलाई खारेजी गर्ने काम मात्र होइन, उत्कृष्ट देखीएका सहकारीहरुलाई नगरपालिका कार्यालयको तर्फबाट प्रोत्साहन तथा सम्मान पनि गरिने खत्रीले बताउनुभयो । सरकारले अघि सारेको सुखी नेपाली र सबृद्ध नेपाल निर्माण अभियान पुरा गर्नका लागी सहकारी क्षेत्रको महत्वपूर्ण भुमीका हुने कुरामा विशेष महत्व राख्दै नगरपालिका कार्यालयले सहकारी अभियानलाई अझ बढी जोड दिने समेत बताउनुभएको छ ।
कमलामाई नगरपालिका क्षेत्रमा हाल ११७ वटा सहकारीहरु क्रियाशिल र सुचिकृत रहेका छन । नगरक्षेत्रमा सञ्चालित सहकारीहरु मध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु बढी संख्यामा क्रियाशिल रहेको भएपनि कृषि, पशुपालन तथा पर्यटन सहकारीहरु भने खासै धेरै संख्यामा क्रियाशिल देखिदैनन् । नगरक्षेत्रमा दर्तामा रहेका कृषि सहकारीहरुलाई अझ बढी क्रियाशिल र ब्यवस्थित  गरी कृषि क्षेत्रको विकासमा सहकारीकरण गर्न सकेमा कृषि मार्फत समाजको विकासमा अझ बढी भुमीका निर्वाह गर्न सकिने साना किसान बहुउदेश्य कृषि सहकारी संस्थाका अध्यक्ष राम बहादुर विश्वकर्मा बताउनुहुन्छ ।


,

0 comments

Write Down Your Responses