Powered by Blogger.
मस्जिद, चर्च, गुम्बा र मन्दिरहरुमा प्रशासनको कडा निगरानी

इस्लाम धर्मालम्बीहरुको मस्जिद घर ः फाईल फोटो  from google.com
बुद्धकुमार आछामी 
सिन्धुली, ६ बैशाख । शुक्रबार साँझ उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीबासीमा पनि थप त्रास उत्पनन् भएको छ ।
सरकारले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी चैत्र ११ देखी बैशाख १५ गते सम्म लकडाउन घोषणा गरेको भएपनि कट्टर धार्मिक पन्थीहरु विशेषत क्रिश्चिीयन तथा इस्लाम धर्मालम्बीहरुले आफ्ना नियमित गतिविधीहरु बन्द नगर्दा सरकारले कडाईका साथ बन्द गर्न आब्हान समेत गरेको थियो । 
गत चैत ३० गते वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सरकारले मस्जिदहरुलाई बिशेष निगरानीमा राखेको थियो । सरकारले भिडभाड नगर्न आग्रह गरी कडाईका साथ लकडाउन कार्यान्वयन गर्न सबै समुदायलाई आग्रह गरेपनि कट्टर धार्मिक पन्थीहरुले त्यसलाई खासै कडाईका साथ ब्यवाहारमा कार्यान्वयन नगर्दा संक्रमण झन बढी फैलिने खतरा बढ्दै गएको छ । 
सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका–६ धुराबजारमा मुसलमान समुदायका मानिसहरूले भगवानको प्रार्थना गर्ने भवन मस्जिद रहेको छ । लकडाउन अगाडि मुसलमान समुदायको दैनीक विहान र बेलुका प्रार्थना गर्नेहरुको भीडभाड हुने गरेको भएपनि लकडाउन पछि भने सिन्धुलीमाढीका स्थानीय इस्लाम धर्मालम्बीहरु मात्र जम्मा हुने र प्रार्थना गर्ने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ । 
धुराबजारका स्थानीय तथा मस्जिद भवन नजिकैका छिमेकी धुब्र बस्नेतले भने पटक–पटक प्रशासनलाई खबर गर्दा समेत स्थानीय प्रशासनले खासै चासो नदिएको गुनासो गरे । अहिले पनि नियमित रुपमा मस्जिद खुल्ने गरेको उनले बताउनुभयो । मस्जिदमा कोरोनाको संक्रमण फैलिएका कारण सिन्धुली जिल्लाका इस्लाम धर्म मान्नेहरुको संगत, सम्बन्ध र ट्राभल हिस्ट्रीका बारेमा बिशेष निगरानी राख्न जरुरी रहेको बस्नेतको भनाई थियो । 
सिन्धुलीमाढीका स्थानीय इस्लाम धर्मालम्बी आलम शाहले सरकारले लकडाउन गर्ने वित्तिकै देखी मस्जिद बन्द रहेको र बन्दपछि कहिले काँही सरसफाइका लागी खुल्ने गरेपनि प्रार्थनाका लागी जम्मा हुने र भिडभाड गर्ने काम नभएको बताउनुभयो । उहाँले सिन्धुली जिल्लामा बढीमा १५ जना इस्लाम धर्मालम्बीहरु रहेको भएपनि जिल्ला बाहिर जाने र जिल्ला बाहिरका मान्छे भित्र छिर्ने क्रम नरहेको शाहले जानकारी दिनुभयो । 
बिरगन्ज स्थित मस्जिदमा संक्रम भेटिए लगतै देखी जिल्लामा पनि मस्जिद, चर्च, गुम्बा, मठमन्दिरहरुमा विशेष निगरानी गरी भिडभाड हुन नदिन अनुरोध तथा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । मस्जिदमा संक्रमण भेटिएपछि जिल्लामा निक्कै चर्चा भएपछि स्थानीय इस्लाम धर्मालम्बीहरुसँग उहाँहरुको ट्राभल हिस्ट्री तथा गतिविधीहरुको बारेमा नियमित निगरानी पनि भइरहेको प्रजिख पाण्डेले बताउनुभयो । 
इस्लाम धर्म विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो । अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली मा अर्थ बारम्बार पढिने पुस्तक हुन्छ । 
इस्लाम धर्मको सिद्धान्त अनुसार मुसलमान को लागि एक दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ । विवशता र बीमारी को हालत मा पनि यस्लाई छोड्न सकिदैन भन्ने मान्यता छ । 
जिल्लामा इशाई(क्रिश्चीयन) धर्मालम्बीहरुको संख्या र चर्चको संख्या पनि निक्कै रहेकाले स्थानीय गाउँपालिका, नगरपालिका तथा स्थानीय प्रहरी प्रशासन मार्फत चर्चमा गरिने साप्ताहिक प्राथलाई कडाई पुर्वक बन्द गर्न लगाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कोरोना भाइरस(कोभिड–१९)ले जुनसुकै धर्म, जाति, भाषाभाषी र समुदायलाई संक्रमण हुनबाट नछोड्ने भएकाले सबैले बेलैमा सजगता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ । 



, ,

0 comments

Write Down Your Responses