Powered by Blogger.
सिन्धुलीमाढीका खाद्य स्टोर्सहरुको अनुगमन

मेयर भन्छन, “लकडाउन जति लम्बीए पनि सिन्धुलीबासी भोकै बस्नु पर्दैन ।”

कमलामाई नगरपालिका ४ मा रहेको कमला सप्लायर्सको अनुगमनको क्रममा प्रजिअ, मेयर लगायत । फोटो www.bijayakilla.com

सिन्धुली, ५ बैशाख । जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकहरुलाई अतिआवश्यक खाद्ययानको आपूर्तिलाई सहज बनाउनका लागी आवश्यक पुर्व तयारी गर्नका लागी खाद्य स्र्टोसको स्टक खाद्य सामाग्रीहरुको अनुगमन गरेको स्थानीय प्रशासन तथा स्थानीय सरकारले जिल्लाबासीलाई जतिसुकै लकडाउन लम्बीए पनि सिन्धुलीबासी भोकै बस्नु नपर्ने अवस्था रहेको निष्कर्ष निकालेको जनाएको छ । 
अनुगन पछि कमलामाई नगरपालिका कार्यालयका मेयर खड्ग बहादुर खत्रीले कमलामाई नगरपालिका लगायत जिल्ला भरी अझै ६ महिना सम्म खाद्ययानको अभाव नहुने जानकारी दिनुभयो । मेयर खत्रीले भन्नुभयो, “विश्वब्यापी फैलिएको महामारीले कस्तो रुप लिन्छ र कति असर पुयाउछ भन्ने अझै अनुमान गर्न सकिएको छैन, त्यसैले नागरिकहरुको आधारभुत आवश्यक्तालाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरामा हामी चिन्तीत छौ, त्यहि चिन्ताकै क्रममा आज नगरपालिका क्षेत्रका खाद्ययान स्र्टोरमा रहेको खाद्य सामाग्रीहरुको अवस्थाको बारेमा अनुगमन गरिएको छ , अब ढुक्क छौं यो महामारीलाई हामी धान्न् सक्ने अवस्थामा रहेछौं ।” खाद्ययानको आपूर्तिमा कुनै समस्या नरहेको र नगरपालिका क्षेत्रभरी तरकारीको ब्यवस्थापनमा पनि नगरपालिका कार्यालय आत्मनिर्भर हुन सक्ने अवस्था रहेको मेयर खत्रीले जानकारी दिनुभयो । 
यो बिषम परिस्थितीमा जिल्लाबासीहरुको खाद्ययानको आपूर्तिलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने चिन्ताका साथ खाद्य स्टोर्सको अवस्थाको बारेमा अनुगमन तथा जानकारी लिइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले बताउनुभयो । 
चामलको गोदाम । फाइल फोटो 

अनुगमनको क्रममा कनपा–६ मा रहेको गुप्ता खाद्ययान स्र्टोसमा ३० किलोका दरले ५०० बोरा चामल, सुजित खाद्य स्र्टोसमा ३ हजार बोरा चालम, १ हजार बोरा ढिके नुन, तेल १ हजार कार्टुन, चिउरा २० केजिको ५०० बोरा, आवश्यक्ता अनुसार दाल, चना, केराउ, चिनी लगायत समाग्रीहरु पाइएको र जिल्लाकै ठुलो खाद्य स्र्टोस तथा सप्लायर्स कमला सप्लायर्समा विभिन्न् २४० थरिका खाद्य सामाग्रीहरु झण्डै १२ करोड मुल्य बराबरको सामाग्री स्टक अवस्थामा रहेको पाइएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । 
सिन्धुलीमाढी बजारका मुख्य खाद्ययान सप्लायर्सहरुको अनुगमनका क्रममा लकडाउन अवधिभर जिल्लामा चामल, दाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामाग्री अभाव हुन नदिने प्रतिबद्धता ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी तथा मेयरसँग गरेकाले कोरोना महामारीको प्रतिरोध गर्न सिन्धुली सक्षम रहेको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो । 
अनुगमनको क्रममा ब्यवसायीहरुले लकडाउनका कारण आयात तथा निर्यातमा समस्या रहेको गुनासाहरु पनि गरेका थिए बाह्य जिल्लामा समेत खाद्ययान निर्यातको काम गरिरहेका सप्लायर्सहरुले यातायातमा केहि समस्या रहेको भएपनि महामारीलाई ध्यानमा राखी सहजताका साथ काम गरीरहेको बताएका थिए । 
लकडाउनलाई प्रभावकारी बनाउन गत बैशाख २ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वदलीय सर्वपक्षिय बैठकले जिल्लामा खाद्ययान, तरकारी लगायतका सामाग्री आपूर्ति आउँदो ९ गतेसम्म बन्दगर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार हाल सिन्धुलीमा ब्यवसायीहरुले तराईका जिल्लाबाट खाद्ययानको आपूर्ति बन्द गरिसकेका छन भने स्टक सामाग्रीहरु मात्र विक्री बितरण गरीरहेका छन । वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गको प्रयोग गरी अन्य जिल्लाहरु रामेछाप, दोलाखा, काभ्रे, काठमाण्डौ, सिन्धुलीपाल्चोक लगायतका जिल्लामा जाने खाद्ययान भने ढुवानी भईरहेको अवस्था छ । 
जिल्लाका सवै स्थानीय तहमा आवश्यक मात्रामा खाद्य सामाग्री उपलब्ध गराउन जिल्लाका खाद्य स्र्टोसहरु सक्षम रहेको देखिएको र यो अवस्थामा सहजताका साथ नागरिकहरुको आवश्यक्तालाई परिपूर्ति गर्न र अप्ठेरो परिस्थीतीमा अनुचित फाईदा नलिइकन नागरिकहरुको समस्यामा सहजता प्रदान गर्न ब्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सवै ब्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।



, ,

0 comments

Write Down Your Responses