Powered by Blogger.
सिन्धुली कारागारका कैदीबन्दीहरुलाई सुरक्षा सामाग्री प्रदान


सिन्धुली, १३ बैशाख । कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले सिन्धुली कारागारका बन्दी जिवन विताइरहेका कैदीबन्दीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)बाट जोगिनका लागी सुरक्षा सामाग्रीहरु प्रदान गरेको छ । 
सनिबार जिल्ला कारागार कार्यालयमै पुगेर कमलामाई नगरपालिका कार्यालयका मेयर खड्ग बहादुर खत्रीले सिन्धुली कारागारका कैदीबन्दी र कर्मचारीहरुका लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गर्नुभएको हो । सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको उपस्थितिमा नगरप्रमुख खत्रीले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । सिन्धुली कारागारमा २२८ कैदीवन्दीहरु रहेका छन् । 



,

0 comments

Write Down Your Responses