Powered by Blogger.
बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालको मृत्यू


सिन्धुली, १० बैशाख । बीपी राजगर्मा स्थित सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.–८ करकरेमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
सिन्धुलीमाढीबाट भिमान तर्फ गइरहेको बा ७८ प ७१८८ नम्बरको पल्सर बाइक र बर्दिबासबाट काठमाण्डौ तर्फ तर्फ हिडिरहेको बा. ५ ख ५७७७ नम्बरको बस एकआपसमा ठो क्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
मृत्यू हुनेमा कमलामाई नगरपालिका वडा नं. ७ बुद्धनगर वस्ने २३ बर्षिय हिरा वहादुर रिजाल घाइते भई उपचारको लागि सिन्धुली जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 


0 comments

Write Down Your Responses