Powered by Blogger.
कमलामाईमा इन्टरनेट, रेडियो र टेलिभिजन मार्फत शैक्षिक गतिविधी

बुद्धकुमार आछामी 
सिन्धुली, १३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) का कारण देशब्यापी रुपमा सरकारले गरेको लकडाउनका कारण अस्तब्यस्त बनेको शैक्षिक क्षेत्रको समस्या समाधान गर्नका लागी कमलामाई नगरपालिका नगर शिक्षा समितिको सनिबार बसेको बैठकले शैक्षिक अस्तब्यस्तलाई सहजतामा ल्याउन महत्वपूर्ण निर्णहरु गरिएको जनाएको छ । 
लकडाउनका कारण बार्षिक परिक्षाको समापन सँगै बन्द गरिएका सरकारी तथा निजी विद्यालयहरुले परिक्षाको नतिजा प्रकाशन गर्न सकेको अवस्था छैन भने कक्षा ८ को परिक्षाफल समेत प्रकाशन गर्न सकेको छैन । देशभरी एसईइ परीक्षा, कक्षा ११ र १२ को परीक्षा तथा उच्च शिक्षा तर्फका परीक्षाहरु स्थगित भएका छन । यो विषम परिस्थितीका कारण बैशाख देखीनै सुरु हुनुपर्ने नयाँ शैक्षिक शत्र तथा विद्यार्थी भर्ना अभियान कहिले सम्म बन्द रहने अझ अन्यौलमै छ । 
अन्यौलताको बीचमा कमलामाई नगरपालिका कार्यालयले भने गत शैक्षिक सत्रको परिक्षाफल चाडै प्रकाशन गरी इन्टरनेट, रेडियो तथा टेलिभिजनको माध्यमद्धारा नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गरी नगरपालिका क्षेत्रको शैक्षिक गतिविधीलाई अगाडि बढाउने तयारी गरेको जनाएको छ । 
कमलामाई नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीले भन्नुभयो, “विश्वब्यापी फैलिएको कोरोना भाईरस र त्यसैका कारण गरिएको लकडाउनका कारण अन्यौलता छ तर यो अन्यौलताको बीचमा पनि नगरपालिका क्षेत्रमा शैक्षिक गतिविधीलाई सुरक्षित हिसाबले कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा हामी गम्भीर छौं ।” सबै सरोकारवाला निकाय तथा शैक्षिक संस्थाहरुसँगको छलफल र सहकार्यमा इन्टरनेट, रेडियो तथा टेलिभिजन मार्फत शैक्षिक गतिविधीलाई अगाडि बढाउने तयारी भइरहेको मेयर खत्रीले बताउनुभयो । 

नगर शिक्षा समितिका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले बैशाख १८ गते सम्म नगरक्षेत्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुले बार्षिक परीक्षाको नतिजा प्रकाशन गरिसक्ने, विद्यालयहरुमा इन्टरनेट, रेडियो तथा टेलिभिजनको पहुँचको अध्यन गरी त्यस प्रविधि मार्फत कक्षा सञ्चालनको तयारी गर्ने निर्णय गरेको छ । 
त्यस्तै बैठकले शैक्षिक सत्र २०७७ को लागी आवश्यक गर्ने पाठ्यपुस्तकहरु यथाशिघ्र उपलब्ध गराउन स्टेशनरी ब्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गर्नुका साथै कमलामाई नगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका सरकारी कोषबाट तलबभक्ता खाने शिक्षक, कर्मचारी तथा बालविकास शिक्षक र सहजकर्ताहरुको पारिश्रमिकबाट अधिकृत स्तर तथा सो भन्दा माथि भएमा ६ दिनको र अधिकृत स्तर भन्दा तल्लो तह भएमा ४ दिनको तलब कट्टा गरि कमलामाई नगरपालिका प्रकोप ब्यस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको कमलामाई नगरपालिका कार्यालयका सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । 
नगरपालिका कार्यालयको तथ्याकं अनुसार नगर क्षेत्रमा प्रा.वि.,नि.मा.वि.र मा.वि सहित कुल १२१ सामुदायीक र संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन । कमलामाईका संस्थागत र सामुदायीक विद्यालयहरुमा २० हजार भन्दा माथी विद्यार्थीहरु अध्यन गर्दछन । 
लकडाउन अनिश्चित बन्दै जाँदा कमलामाई नगरपालिका कार्यालयले उपलब्ध प्रविधिको प्रयोग मार्फत सुरु गर्न लागेको शैक्षिक गतिविधीलाई शैक्षिक क्षेत्रका सरोकारवाला तथा अभिभावकहरुले सकारात्मक निर्णय भएको प्रतिक्रिया दिएका छन । 


, ,

0 comments

Write Down Your Responses