पार्टीहरू गुट र स्वार्थ समुहकाे महासंघ जस्ता
- टीका बहादुर देवकाेटा
राजनीतिक पार्टीहरु निश्चित सिद्धान्त ,बिचार ,दृस्टिकोण र उदेश्यबाट निर्देशित हुन्छन । यिनै उदेश्य पूरा गर्न संगठन निर्माण गरिन्छ । जनताहरु आफुलाई चित्तबुझ्दो बिचार समुहमा संगठित हुने गर्दछन । यो नै बहुदल र लोकतान्त्रिक प्रणाली को मर्म र भावना हो। तर २०७४ पछि राजनैतिक पार्टीहरु बिचार ,सिद्धान्त र दर्शनमा आधारित नभै अबसरको लागि एक भएको देखिन्छ ।अहिले पुरानो पार्टी काग्रेसमा महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँकाे समानान्तर समूह रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाकाे छ । योग्यता ,क्षमता र दक्षता भन्दा भाग बण्डामा पद र अबसर पजनी गरिन्छ । अदृष्य ३ जना सभापति काग्रेसमा देख्न सकिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भर्खरै एकता भएको छ । कुनै शैद्दान्तिक सहमति छैन । बिचार र दृस्टिकोणमा एकरुपता छैन । तर ३वटा अध्यक्ष कमल थापा ,पशुपतिशमशेर राणा र प्रकाश चन्द्र लोहनी आफ्ना- आफ्ना समुहका सबै केन्द्रिय सदस्य अटाउने भए पछि कच्चा एकता गरेका छन । राज्यस्तर को पद र अबसर पाउने अवस्थामा यो एकता कति टिक्ला यो भबिस्यले बताउने छ । भर्खरै राजपा र संघीय समाजबादी पार्टी को एकता को नाटक गरिएको छ । न सैद्धान्तिक आधार न राजनैतिक आधार देखिन्छ । असोक राईको जनजाति पार्टी ,उपेन्द्र को मधेशी जन अधिकार फोरम,बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी ,राजपा को ६ वटा अध्यक्ष भएको ६ वटा पार्टी सहित ९ वटा पार्टी को एकता ९ वटा अध्यक्ष । कति अचम्म ! यो कति दिगो र कामयाबी होला भबिष्य ले बताउदै जाने छ एकताले पुर्णता नपाउदै व्यापक असन्तुष्टि छ ।
नेकपा २ वटा ठुला कम्युनिस्ट एमाले र माओवादी केन्द्र मिलेर बनेको छ । लाखौ कार्यकर्ता र शुभेच्छुक रहेको यो पार्टी बलियो जनमतका साथ सरकारको नेतृत्व गरिरहेको छ । पार्टी एकता निश्चित सिद्धान्त ,बिचार ,दार्शनिक आधार पूरा गरेर गरिनु पर्नेमा त्यसो हुन सकेन । पद र अबसर बाड फाडका आधारमा एकता को गति पार्टी र सरकारकामा चलिरहेको छ।जस्का कारण छिर्के हानेर पद र अबसर हत्याउने गलत कुकर्म भैरहेको देखिन्छ । बिचार बिहिनता र गन्तव्यको वास्तविक यात्रा भुल्दा यस्ता गतिविधि देखिरहेको छ ।पुर्ब एमाले भित्र महाधिवेशनबाट निर्वाचित अध्यक्ष के.पि.ओली ,१५ बर्ष महासचिव भएका माधब नेपाल ,पार्टी अध्यक्ष भएका झलनाथ खनाल ,२०५६ सालमा पार्टी फुटाएर अध्यक्ष बन्न सफल बामदेव गौतम ,त्यसैगरी पुर्ब माओवादी केन्द्र बाट पुष्पकमल दाहाल ,अर्का अध्यक्ष नारायणकाजी श्रेष्ठ र माओबादी केन्द्र मा एकता गरि आएका रामबहादुर थापा बादल सहित ७ जना सबैका आ-आफ्नै समूह छन । त्यसैले बिचार र गन्तव्य को यात्रा तय हुनु भन्दा पद र अबसर को खोजीमा आ-आफ्नो तरिका ले लागेको देखिन्छ । निर्वाचनमा पराजित राष्ट्रियसभामा गएर संविधान संसोधन गरि प्रधानमन्त्री बन्ने,मन्त्री उपप्रधानमन्त्री त भै हाल्ने ब्यबस्था छदै छ ।
बिश्व कोरोना भाईरसले आक्रान्त छ । नेपाल पनि अछुतो छैन । यसबाट कसरी छिटो मुक्ति लिने भन्दा पनि खुमलटार बैठक बसेर कसरी सत्ता परिवर्तन गर्ने त्यो खेलमा ब्यस्त छ्न । कुनै दिन खुमलटार बैठकबाट यो महामारी रोक्न पार्टी कार्यकर्ता परिचालन ,स्रोत सङ्कलन र बिपन्नलाई राहत बितरण गर्ने कहिले योजना बनेन । बन्यो त केबल सरकारलाई कसरी असफल बनाउन सकिन्छ ,बद्नाम गराउन सकिन्छ,सत्ता हत्याएर अस्थिरता सृजना गरि अराजकता तिर मुलुकलाई अगाडि बढाउन सकिन्छ । हिजो चुनाबमा स्थिर सरकार ,शु-शासन ,समृद्धि र बिकास दिन गरेको बाचालाई भुलेर शक्ति र सत्तामा पुग्ने खेलको फोहोरी राजनितीबाट जनता तथा कार्यकर्ता आजित देखिन्छ । के अब यो देश मा स्थायी , स्थिर र अनुशासित पार्टी सकिएकै हुन त प्रश्न उठ्न थालिसकेकाे छ । त्यसैले अहिले राजनीतिक पार्टी हैन कतै गुट र स्वार्थ समुह को मंहासघ त बन्दै गएका त हैनन भन्ने आशंका उत्पन्न हुन थालेको छ।लेखक- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)काे सिन्धुली जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
फेसबुकमा पाेष्ट गर्नुभएकाे याे लेखलाई केही सम्पादन गरि प्रकाशन गरिएकाे छ । प्रधानसम्पादक
0 comments
Write Down Your Responses