Powered by Blogger.
काेराेना भाइरस/लकडाउन र कमलामाई नगरपालिका


बुद्धकुमार आछामी
चीनको उहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिएको छ । आज(बिहिबार साझ) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या १९ लाख १८ हजार १ सय ३८, मृत्यू हुनेको संख्या १ लाख २३ हजार १ सय २६ र संक्रमण पछि निको हुनेको संख्या ५ लाख १६ हजार १० पुगिसकेको छ । सुरुको अवस्थामा कम देखिए पनि नेपालमा हाल सम्म १६ जनामा सक्रमण देखा परिसकेको छ । पछिल्ला दिनहरुमा आवश्यक सावधानी नअपनाउने हो भने यो विश्वब्यापी महामारीले हाम्रो नेपाल र हाम्रो समाजलाई छोड्ने अवस्था छैन । यस्का लागी बडो सचेततापुर्वक सावधानी अपनाउनु नै सरकार र नागरिकहरुको दायीत्व हो र हुनुपर्दछ ।
बिश्व ब्यापी महामारीका कारण संसारभरीको अर्थब्यवस्था ओरालो लागेको छ । रेमिट्यान्सले चलेको नेपाली अर्थतन्त्र पनि यतिवेला तहस नहस भइसकेको अवस्था छ । नेपाल जस्तो अर्ध विकसीत देश र यहाँको नागरिकहरुको दैनीक मजदुरी गरी जिवन निर्वाह गर्नुपर्ने बाध्यता बीच यतिबेला लकडाउनका कारण निक्कै समस्यामा परेको छ । बिपदमा सरकारसँग नागरिक होइन नागरिकसँग सरकार चाहिन्छ । जुन हाम्रो जस्तो देशको बाध्यता र विवसता हो । श्रमिक, मजदुर र गरीब नागरिकहरुको बाहुल्यता हाम्रो समाजको बास्तविकता हो ।
नेपाल सरकारले ११ चैत्र २०७६ देखि १५ बैशाख सम्मलाई(बन्दाबन्दी) लकडाउनको घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनको कोभिड १९ नियन्त्रण, उपचार र रोकथामका लागि लागू गरेका मापदण्डहरु नेपाल सरकारले आफ्नो विशेषतामा स्थानीय सरकारमार्फत जनताको तहमा कडाइका साथ लागु भइरहेको छ । यो महामारीबाट स्थानीय स्तरमा सबैभन्दा बढी मारमा गरिब, श्रमिक र मजदुरी गरि जिवन निर्वाह गर्ने समुदाय परिरहेको अवस्था छ । स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुरक्षाका लागी लकडाउनको कडाईपुर्वक पालना गर्दै समस्यामा परेका आफ्ना नागरिकहरुलाई सहयोग गर्ने काम पनि गरिरहेकै छन । जुन असाध्यै महत्वपूर्ण र अतिआवश्यक काम पनि हो । यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिका कार्यालयको तर्फबाट भएका गतिविधीहरुको बारेमा अलिकति चर्चा गर्न चाहान्छु ।
१) सिन्धुली अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण तथा स्वास्थ्यकर्मीहरूलाई प्राेत्साहन
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले सिन्धुली अस्पतालको आइशोलेसन वार्डको लागी आवश्यक ३ थान एबतष्भलत ःयलष्तयच र ऋयmउगतभच द्यबकभम ँगििथ ब्गतयmबतभम ज्झबतययिनथ ब्लबथिशभच सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेल र मेडिकल सुपरिटेण्डलाई हस्तान्तरण गर्नुभयो । जस्ले अस्पतालमा कार्यरत डाक्टरहरुलाई संकास्पद बिरामीहरुको उपचारका लागी महत्वपूर्ण सहयोग पुगीरहेको छ । त्यस्तै महामारीकाे समयमा फ्रन्टलाईमा रहेर खटिने डाक्टर तथा स्वास्थ्यकर्मीहरूकाे प्राेत्साहन भत्ता स्वरूप एकमुष्ट ३ लाख जिल्ला अस्पताल मार्फत दिने निर्णय पनि गरेकाे छ । यस्ले फ्रन्टलाईनका स्वास्थ्यकर्मीहरूलाई काममा उत्साह थपिदिएकाे छ ।
२). क्वारेन्टाइनको निर्माण
कमलामाई नगरपालिका क्षेत्रमा सक्रमणको सकालागेका वा बाहिरबाट आएका मानिसहरुलाई राख्नका लागी नेपाली सेना बर्दबहादुर गण, नेपाल रेडक्रश सोसाइटी सिन्धुलीको सहयोग तथा कमलामाई नगरपालिका कार्यालयको ब्यवस्थापनमा क्वारेन्टाइनको ब्यवस्थापन तथा सञ्चालन कमलामाई नगरपालिका कार्यालयको तर्फबाट भएको छ । जुन कार्य कोरोना भाइरस संक्रमणबाट नागरिकहरुलाई जोगाउन स्थानीय सरकारको तर्फबाट भएको महत्वपूर्ण काम हो ।
३).ब्यापक सुचना तथा सन्देश प्रवाह
नागरिकहरुलाई कोरोना भाइरसबाट बाच्न र बचाउन सन्देश प्रवाह गर्नु सरकारको अर्को महत्वपूर्ण काम हो । जुन काम कमलामाई नगरपालिका कार्यालयले निक्कै महत्वका साथ गरिरहेको छ । स्थानीय सञ्चारमाध्यमहरुबाट कोरोना सक्रमणबाट बच्ने उपायहरुका बारेमा सन्देश प्रवाह गर्नुका साथै पर्चा, माइकिङ लगायतको प्रयोग गरी ब्यापक सन्देश प्रवाह गर्नु सकारात्मक काम हो ।
४). बिदेशबाट आउनेहरुको तथ्याङक संकलन कमलामाई नगरपालिका क्षेत्रमा बिदेशबाट आउने सबैको तथ्याङक संकलन गरि सबै नागरिकहरुलाई होम क्वारेन्टाइनमै बस्न गरिएको आग्रहले नगरपालिका कार्यालय अझ बढी कोरोना भाइरस संक्रमण हुनबाट नगरबासीलाई जोगाउन सचेत रहेको देखिएको छ । नगरपालिका क्षेत्रमा बिदेशबाट आएका झण्डै ७० भन्दा बढी नागरिकहरु रहेका थिए । विदेशबाट आउने नागरिकहरु सँगै अन्य जिल्लाबाट सदरमुकाम आउने नागरिकहरुको पनि निगरानी र तथ्याङक राख्नु नगरपालिकाको दुरदर्शिताको रुपमा लिन सकिन्छ ।
५).गिट्टी कुट्ने मजदुरहरुलाई राहत बितरण कमलामाई नगरपालिका कार्यालयले सिन्धुलीमाढीको गौमती नदी(ग्वाङखोला) किनारमा गिट्टी कुटी आफ्नो दैनीक जिवन गुजारा चलाउने मजदुरहरुलाई साद्ययान सामाग्रीहरु बितरण गरी निक्कै राम्रो काम गरेको तथ्यलाई पनि हामी कसैले भुल्नु हुँदैन । प्रतिपक्षि दल र विप्लब नेतृत्वको नेकपाले समेत बिरोध जनाए पनि सरकार बास्तविक अर्थमा मजदुर बर्गको हो भन्ने स्थानीय सरकारले गरेको उक्त कार्यले श्रमिकहरुलाई अनुभुत गराएको छ । लकडाउन पछिको पहिलो चरणमा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले नगर प्रमुख राहत प्याकेज अन्तर्गत ५९ जना गिट्टी कुट्ने मजदुरलाई राहत वितरण गर्नुभएको थियो । त्यस्तै कमलामाई नगरपालिका वडा नं ४ स्थानिय वासिन्दा हाल कनपा–६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खोलाको किनारमा वस्दै आएका गोविन्द बहादुर वि क (दमको रोगी) लाई राहत बितरण गर्दै सुकुम्बासी बिकलाई बस्ने बासको ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत गर्नुभएको थियो ।

६).बजार क्षेत्रमा डिसन्फेक्सन स्प्रे
कमलामाई नगरपालिका कार्यालयले बजार क्षेत्रम संक्रमण फैलिन नदिनका लागी माढीबजार क्षेत्रमा डिसन्फेक्सन स्प्रे गरेको थियो । नगरप्रमुख आफै सडकमा सहभागी भएर स्प्रे गर्दै हिडेको दृश्यले नगरबासीहरुले साच्चै नगरप्रमुख नगरबासीको स्वास्थ्य प्रति जिम्मेवार छन भन्ने सन्देश दिएको छ । बिरोधका आवाज निकाल्नेहरुले जे भनेपनि नगरप्रमुख नगरबासीलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन क्रियाशिल रहेको प्रष्ट छ ।
  ७) अग्रीम सामाजिक सुरक्षा भत्ता बितरण
कोरोना भाइरस संक्रमणबाट जोगीन केन्द्र सरकारले लकडाउन घोषणा गरेसँगै कमलामाई नगरपालिका कार्यालयले नगरपालिका क्षेत्रका सामाजिक सुरक्षा भक्ता पाउने बृद्धबृद्धा, एकल महिला, अपाङगता भएका ब्यक्तिहरुलाई २ महिनाको अग्रीम सामाजिक सुरक्षा भत्ता बितरण गरेर महत्वपूर्ण काम गरेको छ । कोभिड १९ ले निम्त्याएको समस्याको यस घडीमा आ ब ०७६÷०७७ को चैत र वैशाख महिनाको सामाजिक सुरक्षा भत्ता प्रत्येक टोल–टोलमा पुगेर बितरण गरिनुले नगरक्षेत्रका बृद्धअबस्था, अपांग भएका व्यक्ती तथा अरुमा निर्भर भएर जिविकोपार्जन गर्नु भएका व्यक्तिको लागि यस लकडाउनको घाडिमा ठुलो राहत मिलेको छ । कमलामाई नगरपालिका कार्यालयले लकडाउनकै अवधीमा ३ करोड ६७ लाख ९९ हजार २ सय रुपैया नगरबासीको हातमा पुयाएको छ भने ७ हजार ६ सय दुइ जना लक्षित वर्ग लाभान्वित भइसकेका छन । 
८). गरीब परिवारलाई राहत बितरण
कोरोना संक्रमणबाट जोगीन केन्द्र सरकारले चैत्र ११ देखी जारी राखेको लकडाउनका कारण समस्यामा परेका कमलामाई नगरपालिका क्षेत्रका सवै वडाका परिवारहरुलाई राहत स्वरुप पहिलो चरणको खाद्ययान बितरणको काम पनि कमलामाई नगरपालिका कार्यालयले सम्पनन् गरिसकेको छ । वडा कार्यालयको सिफारिसमा १४ वडाका १५ सय ९ जना परिवारलाई राहत बितरण गरेको छ । जस्का कारणले मजदुरी गरिखाने नगरबासीहरुले समस्यामा आफ्नो घरमा सरकार आएको अनुभुत गरेका छन ।

९).प्रकोप व्यवस्थापन कोष स्थापना
हाल सम्म कमलामाई नगरपालिकाकाे प्रकोप व्यवस्थापन कोषमा गत वर्षकाे ३४,९४,५७१ रुपैया, चालु आ ब मा १२,६१,१७९ रुपैया, प्रदेश सरकारवाट १२,००,००० रुपैया र विभिन्न संघसंस्था तथा व्यक्तिवाट ४,८८,४२२ गरी कुल जम्मा ६४,४४,१७२ रुपैया जम्मा भएकाे छ । प्रकाेप न्युनिकरणका लागि स्थानीय सरकारकाे तर्फबाट गरिएकाे पुर्व तयारी पनि निक्कै महत्वपुर्ण कार्य हाे ।

स्थानीय सरकारकाे रूपमा प्रत्यक्ष अाफ्ना जनतासँग जाेडिएर कमलामाई नगरपालिका कार्यालयले यी बाहेक नगरबासिहरूकाे समस्यालाई मध्यनजर गर्दै खाध्यान तथा तरकारीका लागी घुम्ती पसल सञ्चालन, फ्रन्टलाईमा रहेर काम गर्ने प्रहरी, नेपाली सेना, शस्शत्र प्रहरी, पत्रकार लगायतलाई सुरक्षा सामाग्री प्रदान जस्ता महत्वपुर्ण काम गरिसकेकाे छ ।







, ,

0 comments

Write Down Your Responses