Powered by Blogger.
शिक्षक बाेहाेराद्दारा कनपा-४ का मजदुर परिवारलाई सहयाेग

सहयाेग लिएपछि सामुहिक तस्वीरमा श्रमिक परिवार तथा शिक्षक बाेहाेरा तथा वडा सचिब सहित । तस्वीर - bijayakilla.com

सिन्धुली । ४ बैशाख । कमलामाई नगरपालिका- ४ का ९ गरिब परिवारलाई स्थानीय शिक्षक सन्ताेष  कुमार बाेहाेराले  सहयाेग  प्रदान गरेका छन । बिश्वभरि फैलिएकाे काेराेना भाइरस(काेभिड-19) ले निमत्याएकाे बन्दाबन्दी(लकडाउन) का कारण समस्या भाेगिरहेका कनपा-४ अादर्श बिपिनगर टाेलमा मजदुरी गरि काेठा भाडामा लिई बस्ने गरिब तथा दलित परिवारलाई  केही सहयाेग स्वरूप २० केजी चामल, २ केजी दाल, १ केजी नुन, तेल १ लिटर साबुन तथा मसला प्रदान गरिएकाे शिक्षक बाेहाेराले जानकारी दिनुभयाे । कमलामाई नगरपालिका कार्यालयसँगकाे समन्यवमा समस्यामा रहेका परिवारलाई सहयाेग गर्न अाफ्नाे तलबबाट १७/१८ हजार खर्च गरेकाे उनले बताए ।


0 comments

Write Down Your Responses