Powered by Blogger.
कथित बोक्साको आरोप लगाउँदै कुटपिट

सिन्धुली, ७ भाद्र । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं.–५ का बृद्ध लक्ष्मण बम्जनलाई कथित बोक्साको आरोप लगाउँदै आधा दर्जन स्थानीयहरु मिलेर सुक्रबार साँझ कुटपिट तथा अमानवीय ब्यवाहार गरेको स्थानीयहरुले जनाएका छन । 

स्थानीयहरुले आफ्नै घरमा बोलाई झारफुक गरि बोक्सोलाई ठिक पार्ने भन्दै आफु माथि कुटपिट तथा दुरब्यवाहार गरेको पिडित बम्जनले बताए । आइतबार न्यायको माग गर्दै बम्जनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको बताए । बोक्सोको आरोप लगाउँदै कुटपिट गर्ने आधा दर्जन स्थानीयहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । 

प्रहरीले हरिहरपुरगढी गाउँपालिका–५ की ३० बर्षिय हरिमायाँ वाईवा, सोहि स्थानकै २३ बर्षिय शुक बहादुर वाईवा, ५० बर्षिय फुलमायाँ बल, २६ बर्षिय रजिनामायाँ वाईवा, २४ बर्षिय लाल भन्ने तासिङ लामा र काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–८ का २२ बर्षिय सुरेन्द्र तामाङलाई नियन्त्रणमा लिएर बोक्सो आरोप मुद्धा चलाएको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 





, ,

0 comments

Write Down Your Responses