Powered by Blogger.
चियाबारीमा खानेपानी समस्या समाधान हुँदै



सिन्धुली, ४ जेठ । लामाे समय देखि खानेपानिकाे समस्या भाेगिरहेका चियाबारीबासीहरूकाे समस्या यसबर्षबाट समाधान हुने भएकाे छ । 
जिल्ला समन्य समिति सिन्धुलीकाे आन्तरिक काेषबाट बिनियाेजित ४० लाख र जनश्रमदान १० लाख सहित कुल ५० लाखमा १ लाख लिटर क्षमता भएकाे पानिट्याङकीकाे निर्माण सुरूभएसँगै चियाबारीबासीकाे खानेपानिकाे समस्या पुर्ण रूपमा समाधान हुने भएकाे हाे । 
चियाबारीमा सुरूमा खानेपानिकाे खासै समस्या नभएपनि बिपि राजमार्गमा सवारी साधनकाे चाप बढेसँगै हाेटल ब्यवसाय फस्टाउन थालेपछि खानेपानिकाे समस्या सुरू भएकाे स्थानीय भाेला जर्गा बताउछन । 
उक्त खानेपानि ट्याङकीकाे निर्माणसँगै चियाबारी क्षेत्रका ६० घरधुरी याेजनाबाट लाभान्बीत हुने छन । 

खानेपानि आयाेजनाकाे उपभाेक्ता समिति अध्यक्ष भाेला कुमार जर्घामगरले निर्माण ताेकिएकै समयमा सम्पन्न गरिने र प्रत्येक उपभाेक्ताकाे घरमा २४ सै घण्टा स्वच्छ खानेपानि उपलब्ध गराउने आफुहरूकाे लक्ष्य रहेकाे जानकारी दिए । 
कमलामाई नगरपालिका वडा नं.-२ बाट वडा सदस्य पदमा निर्वाचित भई हाल जिल्ला समन्यव समितिकाे प्रवत्ता समेत रहेका स्थानी चित्र बहादुर बुढाथाेकी उक्त याेजना पार्न देखि सफल बनाउन समेत आफू दिनरात लागिपरेकाे बताउछन । बुढाथाेकी भन्छन, `समस्याहरूकाे पहिचान गर्नु, समाधानका लागि श्राेत खाेज्नु र श्राेतकाे सहि सदुपयाेग गर्दै समाजकाे समस्या हल गर्नु जनप्रतिनिधीकाे दायीत्व हाे ।´ उनले जनतालाई कर्तब्य बाेध गराउने र नेता तथा जनप्रतिनिधीलाई जनउत्तरदायी बनाउन सकेमा सामाजिक रूपान्तरण गर्न सकिने बताए । 

यस आर्थिक बर्षमा मात्र चियाबारी लगायत आसपास क्षेत्रमा सडक, खानेपानी, बिजुली, मठमन्दिर, प्रतिक्षालय लगायत भाैतिक संरचना निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट
 १ कराेड भन्दा बढी बजेट आएकाे बुढाथाेकीले बताए ।
संघीयतासँगै निर्माण भएका तीन तहका सरकार र सरकारले ल्याएका बिकासका कार्यक्रम गाउँ-गाउँ सम्म त पुगेका छन तर दिगाे बिकासकाे साेच र पारदर्सीता खस्कदै गईरहेकाे परिस्थतीमा चियाबारी क्षेत्रका याेजनाहरू पारदर्सी र दिगाे हुनेमा बिश्वस्त रहन समेत बुढाथाेकीले सबैलाई आग्रह गरे ।


, ,

0 comments

Write Down Your Responses