Powered by Blogger.
स्वास प्रस्वासमा समस्या भए ख्याल गर्नुहाेस

 


सिन्धुली / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा सङ्क्रमित धेरैजसो व्यक्तिमा सास फेर्न गाह्रो हुने समस्या देखापर्न थालेको छ ।भनिन्छ सास फेर्न गाह्रो हुने वा सास फेर्न नसक्ने अवस्थालाई डिप्सनिया  ।

सास फेर्न गाह्रो भएका व्यक्तिले पर्याप्त मात्रामा सास लिन नसकेको अनुभव गर्नुका साथै छाती दुख्ने तथा अन्य श्वासप्रस्वासको समस्या हुनेगर्छ । सास फेर्दा गाह्रो भएमा कोभिडका कारण फोक्सोमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको वा फैलिसकेको सूचक पनि हुन सक्छ । पहिलादेखि श्वासप्रस्वासको रोग भएमा, वृद्ध उमेर, मोटोपनाको समस्या भएका, मधुमेह वा प्रतिरोधात्मक प्रणाली कमजोर भएका सङ्क्रमितमा सास फेर्न गाह्रो हुने जोखिम बढी हुन्छ । मध्यम सङ्क्रमण भएका सङ्क्रमितमा पनि सास फेर्न गाह्रो हुने समस्या हुनसक्छ जुन जोखिमयुक्त नहुनपनि सक्छ । तर कोभिडका कारण निमोनिया भएमा सङ्क्रमितको अवस्था गम्भीर हुने सम्भावना बढी हुन्छ ।

प्रारम्भिक चरणको सङ्क्रमणमा फोक्सोको संलग्नताले प्रतिरोधात्मक प्रतिक्रियालाई कमजोर बनाई महत्त्वपूर्ण अङ्गहरूको लागि पोषण पाउन, अक्सिजन उपयोग गर्न र सास फेर्न गाह्रो हुन सक्ने जस्ता जटिलताहरूलाई निम्त्याउन सक्छ । सङ्क्रमणको कुनै पनि चरणमा देखिएका सङ्केतहरूको बारेमा सचेत भइ सोहीअनुसार उपचार गर्नु अत्यन्त महत्त्वपूर्ण छ ।

पटक पटक सास फेर्न गाह्रो भएमा, सास फेर्ने गति घट्दै गएमा, लगातारको खोकीका साथै सस फेर्न गाह्रो भएमा, बोल्न कम हुँदै गएमा वा बोल्न समस्या भएमा, कुरा भन्नलाई शब्द टुक्राएर बोल्नुपरेमा, शरीरमा अक्सिजनको स्तर घट्दै गएमा, अनुहारको रङ परिवर्तन हुन थालेमा, ओठ निलो हुँदै गएमा, उच्च ज्वरो आएमा, छातीमा कुनै पनि प्रकारको असहज महसुस भएमा बेवास्ता गर्नु हुँदैन ।

यस्तो सङ्केत देखिएमा सङ्क्रमितलाई अक्सिजनको आवश्यकता हुने वा अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । त्यसैले सङ्क्रमितले देखिएका हरेक सङ्केत वा लक्षणलाई मनिटर गर्नुका साथै पल्स अक्सिमिटरबाट शरीरको अक्सिजनको स्तर नापिरहनुपर्ने हुन्छ ।


,

0 comments

Write Down Your Responses