Powered by Blogger.
निजी बिधालयकाे मनपरि बिरूद्व अनेरास्ववियुले बुझायाे ज्ञापन –पत्र

सिन्धुली, २१ जेठ । अनेरास्ववियु सिन्धुलीले निजि बिधालयहरूले मनाेमानि गरेकाे भन्दै आज  प्याबसन सिन्धुलीलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएकाे छ । अनेरास्ववियु सिन्धुलीले ज्ञापन पत्र बुझाउँदै जिल्लाका निजि शैक्षिक सस्थाहरुले अनलाइन कक्षाको नाममा मनपरि शुल्क असुलेको, शुल्कमा पनि एकरुपता नआएकाले जथाभाबि शुल्कले लकडाउनको अबधिमा ज्याला मजदुरी गरेर, सामान्य खेति किसानी गरेर निजि विद्यालयमा पढाउने अभिभावक प्रताडित भएकोले यस्तो शुल्क खारेजीको माग गरेकाे छ । त्यस्तै संगठनले शैक्षिकसत्रको सुरुवात हुन लागेको अवस्थामा , निजि विद्यालयले पाठ्यपुस्तकहरु परिवर्तन गरी दुख दिएकाले पाठ्यक्रम परिवर्तन नभएका पाठ्यपुस्तकहरु पुरानै पढाउदा अभिभावक र विद्यार्थीहरुलाई सहुलियत हुने हुनाले पाठ्यक्रम परिवर्तन नभएका पाठ्यपुस्तकहरु  नै पढाउन निजी बिधालयहरूलाई आग्रह गरेकाे छ । 

संगठनका अध्यक्ष दिपेन्द्र फुयालद्वारा हस्ताक्षरित ज्ञापन-पत्रमा निजि विद्यालयहरूले बिधालय हाताबाट पाठ्यपुस्तक विक्री गरेर मनपरी मुल्य असुलेको गुनासो आएकाले , विद्यालय हाता भित्र  पाठ्यपुस्तकको ब्यापार नर्गन समेत अनुराेध गरेकाे छ । 

काेराेना महामारीका कारण निजी बिधालयहरूले हाल अनलाईन कक्षा सञ्चालन गरिरहेका छन ।

                                                                 


, ,

0 comments

Write Down Your Responses