Powered by Blogger.
मरिणखाेलामा एक युवक मृत अवस्थामा फेला


सिन्धुली २१ जेठ । सिन्धुलीको मरिण गाउँपालिका-६ स्थित मरिणखोलामा एक युवककाे शव फेला परेको छ । 

शरिर भाँसिएको अवस्थामा एकजना युवकको शव आज फेला परेको जनाइएकाे छ । मरिण गाउँपालिका- ६ धमिले बजारका अन्दाजी १७/१८ वर्षको अम्बर वाईबाको शव फेला परेको वडा अध्यक्ष कुर्साङ् लामाले बताए ।  स्थानिय एक व्यक्तीले माछा मार्न जाल हान्दा वाईबाको शव देखेपछि उनले प्रहरी लगायत जनप्रतिनिधिलाई जानकारी दिएका थिए ।

मंगलबार देखि बेपत्ता भएका वाईबाको शव मरिण खोलामा भेटिएको हो । गत १८ गते बेलुकी माछामार्न भनी घरबाट निस्किएका वाईबा आज मृत अबस्थामा भेटिएका हुन । उनको साथमा माछा भएको फुर्लुङ र  जाल पनि भेटिएको छ ।


, ,

0 comments

Write Down Your Responses