Powered by Blogger.
जसपा सरकारमा सहभागी : साँझ ६ बजे सपथ


सिन्धुली २१ जेठ । प्रधानमन्त्री केपि शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरु बीच समझदारी भए लगतै अहिले ६ बजे सपथग्रहण हुने भएको छ । गृह मन्त्रालयको नेतृत्व आफूहरुले पाउनुपर्ने जसपाले अडान राखेपछि वार्ता लम्बिएको थियो ।

गृहको ब्यार्गेनिङ्ग गरेपनि उपप्रधानमन्त्रीमा चित्त बुझाउनु परेको हो । जसपाबाट ९ जना मन्त्री  बन्ने छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्रीले अन्य नेताहरुलाई थपेर मन्त्रीपरिषद बिस्तार गर्न लागेका हुन् ।
जसपाले पाएको मन्त्रालय र पठाइएका नेताहहरु : 
१. राजेन्द्र महतो- उपप्रधानमंत्री तथा सहरी विकास
२. शरद सिंह भण्डारी- ऊर्जा तथा जसस्रोत
३. अनिल झा- खानेपानी तथा सरसफाई
४.लक्ष्मणलाल कर्ण- भूमि व्यवस्था तथा सहकारी
५.  बिमल श्रीवास्तव – श्रम तथा रोजगार
६. उमाशंकर अरगरिया- वन तथा वातावरण
७. चन्दा चौधरी- महिला तथा बालबालिका
८. एकबाल मियां- युवा तथा खेलकूद
९. चन्द्रकान्त चौधरी – ऊर्जा राज्यमंत्री


, ,

0 comments

Write Down Your Responses