Powered by Blogger.
एमाले कार्यदलकाे बैठक जारी



काठमाडौं, असार २५ । नेकपा एमालेको विवाद मिलाउन बसेको कार्यदलको बैठक तीन घण्टादेखि सिंहदरबारमा जारी रहेको छ । उपप्रधान तथा अर्थमन्त्रीका प्रेस संयोजक भूवन केसीका अनुसार बैठक अर्थ मन्त्रालयमा बसिरहेको छ । साढे १२ बजे देखि सुरु भएको बैठकबाट अहिलेसम्म कोही नेताहरु पनि बाहिरिएका छैनन् ।आजको बैठकमा निकै गहन छलफल भएको र नेताहरुको सर्तमाथिसमेत थप बहश भएको बताइएको छ । बिहीवारको बैठकपछि नेताहरु घनश्याम भूसाल र सुवासचन्द्र नेम्वाङले १० दिन अघिको अवस्थामा कुनै सुधार नआएको बताउनु भएको थियो । नेताहरुको यो अभिव्यक्तिपछि कार्यकर्ताहरुमा निराशा छाएको छ । तर आजको बैठकबाट ठोस सहमति हुने दाबी नेताहरुको छ । स्रोतका अनुसार आजको बैठक ठोश सहमति निकाल्नका लागि अझै केही घण्टा लम्बिने सम्भावना छ ।

कार्यदलका सदस्यहरुले बिहीवार नै सहमति भएर प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालको संयुक्त हस्ताक्षरमा एकताको सन्देश आउने दाबी गर्नुभएको थियो । तर औपचारिक बैठक नै नबसेकोले आज सम्पूर्ण विषयमा छलफल र सहमति हुने अपेक्षा गरिएको छ । यद्यपी बरिष्ठ नेता माधवकुमार नेपालले बिधान भन्दा बाहिर गएर माग पूरा गर्नुपर्ने सर्तबाट पछि नहटदासम्म सहमतिको संभावना नरहेको कार्यदलकै सदस्यहरुको बुझाइ छ ।


, ,

0 comments

Write Down Your Responses