ग्वाङखाेलामा डुबेर बालिकाकाे मृत्यू
सिन्धुली ४ असाेज । सिन्धुली स्थित ग्वाङखोलामा डुवेर ८ वर्षिय बालिकाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ शिवनगर तल र कारागारको बिच स्थित ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका सन्तोष नेपालीको ८ वर्षिय छोरी सुभश्री परियारको मृत्यु भएको हो ।
आइतबार दिउँसो ४ बजेको समयमा खोलामा खेल्ने क्रममा पानीमा ढुवेकी बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताए ।
उपचारका लागि अस्पताल ल्याएको बालिकालाई अस्पतालले दिउँसो साढे ४ बजे मृतक घोषण गरेको उनले बताए । बालिकाको शब पोष्टमाटम गरि आफन्तले बुझि सकेका छन् । घट्नाको थप अनुसन्धान भने भइरहेको प्रहरी नायब उपरीक्षक लामाले बताए ।
0 comments
Write Down Your Responses