Powered by Blogger.
सम्पादकीय

सर्वप्रथम नेपाली जनताकाे अथक मेहनत र बलिदानबाट प्राप्त संविधानसभाले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेकाे सात बर्ष पूरा भएकाे याे ऐतिहासीक अवसरमा सबै स्वदेश तथा बिदेशमा रहनुहुने नेपालीहरूमा शुभकामना ब्यक्त गर्दछाैं ।
आदरणीय पाठकबर्ग सिन्धुली जिल्लाको पत्रकारीतामा नयाँ आयाम थप्ने उदेश्यका साथ हामी तपाईहरु माझँ बिगत ७ बर्षदेखी उत्तिकै सक्रिय छाैं । माेफसलमा पछिल्लाे समय अनलाईन सञ्चार माध्यमले गरेकाे बिकासले हामीलाई हर्षित तुल्याएकाे छ । सञ्चारमाध्यमकाे बिकाससँगै त्यसकाे गुणस्तर र निरन्तरताका सवालहरू पनि उत्तिकै महत्वपुर्ण बन्दै गएकाे छ । सत्य,तथ्य र निषपक्षताकाे प्रश्न पनि झन-झन चुनाैतीपुर्ण बन्दै गईरहेकाे छ ।
जिल्लामा रहेका दर्जनौ सञ्चार माध्यमहरुको हुलकै बीचमा www.bijayakilla.com ले बिशेष अर्थ राख्दैन भन्ने तपाई पाठकहरुको सोचलाई निश्चय पनि यो डिजिटल पत्रिका(www.bijayakilla.com)ले फरक अनुभुती दिलाउन कोशिस अवश्य गरिरहेकाे छ र आगामी दिनमा अझ बढी गर्ने प्रयत्न जारी रहने छ ।
पत्रकारीता औपचारिक लेखन मात्र होइन । यो खोज र अनुसन्धानको बिषय हो । खोज पत्रकारीता मार्फत लुकेर बसेका बिषयबस्तुलाई उजागर गर्नु र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमीका निर्वाह गर्नु हाम्रो दायीत्व हो । पत्रकार उस्को जीवनमा सैनीक भन्दा सतर्क, डाक्टर भन्दा होसीयार, न्यायधीश भन्दा न्यायीक, शिक्षकको पनी गुरु, नेता भन्दा संगठक, खेलाडी भन्दा रणनैतिक, जासुस भन्दा चनाखो, वैज्ञानिक भन्दा बढी खोजकर्ता, साहित्यकार भन्दा शब्दको उपासक हुनुपर्दछ भन्ने मान्यता छ । हामी हाम्रो पत्रकारीतामा यी विषयलाई गम्भीर ढंगले आत्मसात गर्नेछौं ।
सुचनाको हक र बिचार तथा अभिब्यक्ति स्वतन्त्रता लगायतका नागरिकका अधिकारहरुलाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्धारा राष्ट्रको बृहत्तर हितका निम्ती पारदर्शि र न्यायपूर्ण समाजको निर्माण गर्न हामी प्रतिबद्ध छौं । कुनै पनि खालका अबरोधहरुले हाम्रो कमललाई भुत्ते बनाउन सक्ने छैन ।
खोजमुलक समाचार सामाग्री, बिचार, दर्शन, साहित्य, संस्मरण, बलिदानका गाथा हाम्रा स्तम्भहरु हुन । विशेषत हामी आवाज विहिनहरुका आवाजहरुलाई नै प्राथामिकतामा राख्ने छौं । हामी सामाजिक रुपान्तरणको अभियानको सारथी बनेर तपाई पाठकहरु माझँ नियमित उपस्थित भईरहेका छाैं र निरन्तर भईरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
कुनै पनि कामको सुरुवात गर्नु भन्दा त्यसलाई निरन्तरता दिनु ठुलो चुनौतीको बिषय बन्दो रहेछ । चुनौतीको सामना गर्न सक्ने सार्मथ्य राख्न सक्नु नै महानता हो । हामीलाई विश्वास छ तपाई पाठकहरुको अपार विश्वास र मायाँले हामी यात्रामा आईपर्ने जस्तोसुकै चुनौतीहरुको पनि सामना गर्न सक्षम हुनेछौं । आज सम्मकाे यात्रा तपाईहरूकाे अपार मायाँ र सकारात्मक सुझाब सल्लाहकै निरन्तरताले सफल भएकाे हाे ।
हामी समाजको राजनैतिक, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रमा भएका अनेकौं बिकृतिहरुलाई बाहिर ल्याउने शाहस गर्नेछौं । जुन साहस तपाईहरुको मायाँ र साथ बिना संभब छैन भन्ने पनि हाम्रो निष्कर्ष रहेको छ । खबरदारी हाम्रो पहिलो अभियान हो । सबै क्षेत्रमा रहेका शासकहरुलाई नागरिकको पोलमा उभिएर खबरदारी गर्नु र नागरिकहरुलाई शासकका गलत चरित्र र ब्यवाहार पर्दाफास गर्न सक्नुलाई नै हामी आफ्नो सफलता सम्झने छौं । आदरणीय पाठक वर्ग तपाईहरु माझँ फेरी पनि हामी प्रतिबद्धता गर्न चाहान्छौं हाम्रो अभियान झुक्ने र बिक्ने अभियान हैन । सबै क्षेत्रमा रहेका गलत बादशाहरुलाई झुकाउने र सिकाउने अभियान हो । फेरिपनि यो अभियानमा तपाईहरुको साथको पुर्ण अपेक्षा गर्दछौं ।
बुद्धकुमार आछामी
अध्यक्ष/प्रधानसम्पादक
सिन्धुलीगढी बिजयकिल्ला मिडिया प्रा.लि.


, ,

0 comments

Write Down Your Responses