सालककाे खपेटा सहित पक्राउ
![]() |
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएकाे सालककाे खपटा । |
प्रहरीका अनुसार बम्जनबाट २ वटा सालककाे खपटा(अखेटाेपहार) बरामत गरिएको हो।
पक्राउ परेका बर्ष ३० बर्षिय बम्जनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय सिन्धुलीमा बुझाईएको डिएसपी मनाेज कुमार लामाले बताए ।
सालक सिआइटिईएस महासन्धी १९७५ को अनुसुची १ अनुसार लोपोन्मूख प्रजातिकोसूचीमा सुचीकृत जनावर हो ।
सालकको ओसारपसार र बिक्रीवितरण गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ को दफा २६ (१) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ कोदफा २१ (१) क मा भएको व्यवस्था बमोजिम कारवाहि हुने कानुनी प्रावधान रहेको छ।
ऐन अनुसार सालक मार्ने,आखेटोपहार राख्ने,खरिद बिक्री गर्ने वा ओसार पोसार गर्नेलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।
0 comments
Write Down Your Responses