Powered by Blogger.
चार थान भरूवा बन्दुक सहित पाँच जना पक्राउ

फाइल फाेटाे

सिन्धुली ५ असाेज । सिन्धुलीको दुधौली नगरपालिका-२ जलकिनी र तीनचम्के बाट आज भरुवा बन्दुक सहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डकाहाको प्रहरीले चार थान भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।


जलकिनी घर भएका ५० बर्षिय नुरबहादुर बस्नेत, ५५ बर्षिय शिव बहादुर कार्की, ४३ बर्षिय चुडाबहादुर राउत, तीनचम्के निवासि ७२ बर्षिय जित बहादुर बरैमगर र ४० बर्षिय भुवनबहादुर रानामगरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए ।

प्रहरीका अनुसार घर तथा गोठमा भरुवा बन्दुक रहेको भन्ने बिशेष सुचनाका आधारमा खोजी गर्दा बन्दुक फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


, , ,

0 comments

Write Down Your Responses