Powered by Blogger.
सुनकाेशी सरकारका अलपत्र उधाेगहरू

सुनकाेशी-२ मा गरिएकाे सहकारीमा आधारित सामुहिक माछापालन पाेखरी ।

सिन्धुली, ३ असाेज । सामान्यतया उधाेग भन्ने बित्तिकै उत्पादन/ राेजगारी र मुनाफासँग जाेडिन्छ । स्थानीय सरकारकाे लगानी रहेका उधाेगहरूले स्थानीय कच्चा पर्दाथकाे उपयाेग, स्थानीय जनशक्तिलाई राेजगारी र उत्पादित बस्तु मार्फत मुनाफा बाडफाड गरि आर्थिक आत्मनिर्भरता तर्फ अगाडि बढ्ने उदेश्य लिनुपर्ने हाे ।

तर बिडम्बना सिन्धुलीकाे सुनकाेशी गाउँपालिकाले  विभिन्न सहकारी संस्थाहरूसँगकाे साझेदारीमा स्थापना एवम सञ्चालनमा ल्याएका झण्डै एक दर्जन उधाेगहरू उत्पादन बिहिन बनेर बन्द भएका छन भने कतिपयकाे नाम निशाना नै हराएकाे छ । 

आ.ब.२०७४/७४ काे गाउँपालिकाकाे नीति तथा कार्यक्रममा उल्लेख उधाेग ब्यवसाय नीति 

उधाेग सञ्चालनकै लागि अनुदान लिन स्थापना गरिएका सहकारीहरू निष्क्रिय समेत बनिसकेकाे अवस्था छ । जननिर्वाचित प्रतिनिधि आए पश्चात् पहिलाे बर्ष आ.ब.२०७४/०७५ मा  सिस्नु, टपरी र सावुन उधाेग स्थापनाकाे लागि तालिम र सामाग्री खरीद सहित गाउँपालिका कार्यालयले १५ लाख रकम बिनियाेजन गरेकाे थियाे । उक्त आर्थिक बर्षमा वडा नं.१ मा टपरी उधाेग र वडा नं.७ मा सिस्नु प्रशाेधन उधाेग स्थापना गरिएकाे थियाे । 


सिस्नु प्रशाेधन उधाेग हालसम्म सञ्चालनमा छैन भने टपरी उधाेगकाे निशाना नै हराएकाे छ ।  सिस्नु प्रशाेधनका लागि खरिद गरिएकाे मेशिन वडा अध्यक्ष लाल बहादुर गाेलेकाे घरमा खिया लागेर बसेकाे छ । रू. ५ लाख बजेट बिनियाेजन गरिएकाेमा लघु उधम बिकास कार्यक्रम(डिमेगा)ले तालिम प्रदान गरि मेशिन दिएपनी गुणस्तर नापजाच बिना उत्पादन र बिक्रि गर्न नपाईने हुँदा हालसम्म आबश्यक प्रक्रिया पूरा नहुँदा सञ्चालनमा नरहेकाे अध्यक्ष गाेलेले बताए । 

नीति कार्यक्रममा उल्लेख । 
स्थानीय उधाेगहरूकाे स्थापनामा प्राेत्साहनमा र सहयाेग मार्फत सबृद्दिकाे बाटाेमा लाग्ने लक्ष्य लिएकाे गाउँपालिकाले  दाेश्राे बर्ष आ.ब.२०७५/७६ मा आफ्नाे रणनितिक याेजनामै समावेश गरेर ५ वटा उधाेग स्थापनाका लागि १ कराेड बजेट बिनियाेजन गर्याे । सुनकाेशी वडा नं.-१ मा सेलार मिलका लागि रू-२५ लाख, वडा नं.३ मा फाइबर झाेला उधाेगकाे लागि १० लाख, वडा नं ५ मा खानेपानी उधाेगकाे लागि रू २५ लाख, सावुन उधाेगका लागी रू २० लाख र वडा नं ६ मा ढाका उधाेगका लागि २० लाख रूपैया बिनियाेजन गरेकाे थियाे । हाल ती उधाेगहरू पुर्णरूपमा बन्द भईसकेका छन ।

 त्यस्तै तेश्राे आर्थिक बर्ष २०७६/०७७ मा वडा नं.-२ मा एकता बहुउदेश्य सहकारी संस्था मार्फत माछा पालनका लागि बागमति प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय हेटाैंडा मार्फत रू ८५ लाख र गाउँपालिकाकाे रू.७५ लाख सहित सामुहिक माछा पालनकाे लागि पाेखरी सुरू गरियाे । कराेडाै लगानीकाे माछा पाेखरीकाे पनि हालत उस्तै छ । गाउँपालिकाले सहकारीलाई बार्षिक ३ लाखमा सार्वजनिक जग्गा भाडामा दिएकाे थियाे । 

उधाेगहरूका बारेमा आब २०७८/७९ काे गाउँपालिकाकाे नीति कार्यक्रममा उल्लेख ।

उधाेग स्थापनाकाे लागि बर्सेनि बजेट बिनियाेजन गर्दै आएकाे गाउँपालिका कार्यालयले आफ्नाे लगानीलाई प्रतिफलमुखी बनाउनै सकेन । लगानी बालुवामा पानी खन्याय जस्तै बनेकाे छ।


, ,

1 comments

Lal Bahadur Ray ko Jagga jal sajhi garera Kamalamai baluwa udyog ko naam ma puryauna FATAHA(purba upsavhapati Hem bahadur lama,haal daar le bikri garera hideko..aniya neta matiyaar).sth haru le janeka rahechan...Kunai din Akhtiyaar ko ankha kaso napugla?

Write Down Your Responses