Powered by Blogger.
प्रचण्ड डायनामिक हाेईन अस्थिर हुन - देबकाेटा



सिन्धुली, १८ असाेज । नेकपा(एमाले) का केन्द्रीय सल्लाहकार सदस्य केशब देवकाेटाले प्रचण्ड डायनामिक नभएर अस्थिर भएकाे बताएका छन । 

नेकपा(एमाले) ५ नं.वडा कमिटीले आयाेजना गरेकाे मधुटार टाेल कमिटी भेलामा आफ्नाे मनतब्य राख्दै नेता देवकाेटाले भने, ` प्रचण्ड डायनामिक हुन भन्ने कार्यकर्ताहरूमा भ्रम मात्र हाे, उनी अस्थिर मान्छे हुन । उनकै अस्थिर पनका कारण देशमा राजनैतिक संकट उत्पनन् हुने गरेकाे छ ।´ 

उनले आउदाे निर्वाचनमा प्रचण्ड र माओवादी आफै समाप्त हुने बताउदै नेकपा(एमाले) पहिलाे पार्टी बन्ने दाबि समेत गरे । 

उनले नेकपा(एमाले) हिजाेकाे नभएर नयाँ परिस्थितीमा पुगिसकेकाे बताउँदै विभिन्न पार्टीहरूबाट आउनेहरूलाई उचित जिम्मेवारी दिएर अगाडि बढ्ने बताए । 

देवकाेटाले नेता जनता र श्रमसँग जाेडिनु पर्ने बताउँदै जनताकाे दु:खमा र खुसीमा नेकपा(एमाले) साथमा हुनुपर्नेमा जाेड दिए ।

भेलाले यज्ञ बहादुर थापाकाे अध्यक्षतामा ३१ सदस्यीय मधुटार टाेल कमिटी गठन गरेकाे छ । 


,

0 comments

Write Down Your Responses