Powered by Blogger.
नेपाल दलित मुक्ति अभियान जिल्ला समिति गठन


सिन्धुली, ७ मंसीर । नेपाल दलित मुक्ति अभियानकाे मङ्गलबार सिन्धुलीमाढीमा जिल्ला भेला सम्पनन् भएकाे छ । 

भेलाले  तारादेवी विश्वकर्माकाे अध्यक्षतामा अर्जुन सुन्दास र  बिनोद कुमार दियाली उपाध्यक्ष, हेमलाल विक सचिब र सुर्य बहादुर बिक काेषाध्यक्ष  रहेको ५७ सदस्यीय जिल्ला कार्यसमितिको निर्माण गरेको छ ।

जिल्ला भेलालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल लोहोनीले नेपालमा जातीय उत्पीडन अझै पनि कायमै रहेकाले दलित समुदाय एकताबद्व रहेर संघर्ष गर्नुकाे बिकल्प नरहेकाे बताए । दलित समुदायहरू सत्ताकाे भर्याङ्ग नबनी सचेत बनेर समुदायकाे मुक्तिकाे लागि लाग्न आबश्यक रहेकाेमा जाेड दिए । 


अध्यक्ष लाेहनीले दलित समुदायको एकता बिना समाजमा दलितको समस्या समाधान नहुने भन्दै संगठित हुने र संघर्ष गर्ने अभियानमा सवैलाई साथ दिन र सशक्त बन्न आग्रह समेत गरे । 

तारादेवी विश्वकर्माको अध्यक्षतामा सम्पनन् जिल्ला भेलालाई नेपाल दलित मुक्ति अभियानका बरिष्ठ उपाध्यक्ष टेक बहादुर ल्वागुन, दलित सेवा संघ सिन्धुलीका अध्यक्ष राजन गाउँले लगायतले आफ्ना धारणा राखेका थिए । 

दलित मुक्ति अभयान नेपालले राजनैतिक दलका भातृ संस्था भन्दा माथि उठेर देशब्यापी रूपमा दलित समुदायलाई संगठित गर्ने र दलित अधिकारका पक्षमा जागरण पैदा गर्ने काम गरिरहेकाे जनाएकाे छ । 


, ,

0 comments

Write Down Your Responses