Powered by Blogger.
सिन्धुलीमा बाेलेराेकाे ठक्करबाट माेटरसाईकल चालककाे मृत्यू


सिन्धुली, ७ मंसिर । सिन्धुलीमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-८ करकरेमा भएको सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बर्दिबास बाट सिन्धुली तर्फ आउँदै गरेको ना ३६ प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबास तर्फ जाँदै गरेको बा २ च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

मोटरसाइकल चालक तेजेन्द्र बुढामगर बागलुङ जिल्ला साबिक दलिन गाउँ विकास समिति ९ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी रहेको उनले जानकारी दिए । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएपछि आक्रोशित स्थानीले राजमार्ग अवरुद्ध गरेर बोलेराेमा आगजनी गरेका छन् । राजमार्ग खुलाउने प्रयास भई रहेको प्रहरीले जनाएको छ ।


,

0 comments

Write Down Your Responses