जिवनकाे कलिलाे उमेर अर्थात १३ बर्ष देखी कम्युनिष्ट राजनितिबाट प्रभावित बनेर राजनितिक चेतका साथ कम्युनिष्ट पार्टी निर्माण प्रक्रियामा सामेल केशब देवकाेटा सिन्धुलीका जनता र देशभरिका नेकपा(एमाले)नेता कार्यकर्ताहरूकाे बिचमा स्थापित र परिचित नाम हाे । पार्टीकाे बिचार, दृष्टिकाेण र पद्वतिप्रति प्रतिबद्व देवकाेटा पार्टी भित्र र बाहिर सबैका लागि आशा र उर्जाका पात्र हुन
नेकपा(एमाले)काे सागठानिक जिवनमा विभिन्न जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेका देवकाेटाले चितवनमा चलिरहेकाे १० ओै राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यकाे आकाक्षीकाे रूपमा आफुलाई प्रस्तुत गरेका छन । चुनाब भएमा चुनाब लड्ने र सहमति बने सहज नेतृत्वकाे निर्णय स्वीकार गर्ने मनस्थितीमा रहेका देवकाेटाकाे राजनैतिक यात्रा ।
- २०३६ देखि बिधार्थी संगठनबाट राजनिति प्रारम्भ
- २०४० देखि युवा संगठनमा आबद्व भएर विभिन्न जिम्मेवारी निर्वाह
- २०४९ काे स्थानीय निर्वाचनमा नेकपा(एमाले)काे तर्फबाट तत्कालिन भिमेश्वर गाबिस अध्यक्षमा निर्वाचित
-२०५४- २०६३ सम्म नेकपा(एमाले) सिन्धुलीकाे सदस्य देखि सचिब सम्मकाे भुमिका निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गरेकाे ।
- नेकपा(एमाले) २०६५ फाल्गुणमा सम्पन्न आठाैं महाधिवेशन मार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएर जनकपुर अञ्चल इन्चार्जकाे जिम्मेवारी निर्वाह गरेकाे ।
- नेकपा(एमाले) २०७० मा सम्पन्न नबाै महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपनि केन्द्रीय सल्लाहकार परिषदकाे जिम्मेवारीमा रहेर निरन्तर पार्टी काममा क्रियाशिल रहेकाे ।
-पार्टीको हित र सुरक्षा कवचको रुपमा सधै शतिसाल झै उभिएका देबकोटाले नेकपा(एमाले)को दशौ महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन । देवकाेटाले पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, नेतागणहरु र समस्त पार्टिका कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहयोग र सद्भाबको निम्ति आग्रह समेत गरेका छन ।
0 comments
Write Down Your Responses