Powered by Blogger.
माओबादी नेता दाहालद्वारा मजदुर माथी कुटपिट

 


सिन्धुली, १५ मंसीर । नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज तथा प्रदेश सासंद लेखनाथ दाहाल(राजन)ले सडकमा कर संकलनका लागि बसेका मजदुर माथी मङलबार साझ कुटपिट गरेका छन । 

मदन भण्डारी राजमार्ग स्थित हुइकिएका दाहाल चढेकाे सवारी साधन राेकेर सडक पुर्वाधार उपयाेग कर लिन  खाेज्दा सासंद दाहालले मजदुर माथि हातपात गरेका हुन । 

कर संकलनमा खटिएका ठेकदार कम्पनि केएल केएन निर्माण सेवाका कर्मचारी निश्चल कार्की माथि सासंद दाहालले म राजन दाहाल हाे चिन्दैनस भन्दै हातपात गरेकाे कम्पनिका प्रतिनिधि राेशन दनुवारले बताए । 


दाहालले मंगलबार साझ दलबल सहित ढाटमा पुगेर प्रहरी प्रशासनकै अगाडि ताेडफाेर गरेका हुन । आफुहरू न्यायका लागि गुहार माग्न ईलाका प्रहरी कार्यालय डकाहा पुगेपनि प्रशासनले वास्ता नगरेकाे कम्पनिका प्रतिनिधी दनुवारले बताए । 

दुधाैली नगरपालिका कार्यालयले आर्थिक बर्ष २०७८/०७९ का लागि रू २,२६,५६५ मा पुर्वाधार उपयाेग कर संकलनकाे ठेक्का लगाएकाे थियाे । उक्त पुर्वाधार निकाशी करकाे ठेक्का केएल केएन निर्माण सेवाले प्राप्त गरेकाे थियाे । उक्त निर्माण सेवाले नगरपालिकासँग अनुमति लिएर दुधाैली नगरपालिका-३ झुंगामा ढाट राखेर कर संकलन गरिरहेकाे छ ।


, ,

0 comments

Write Down Your Responses