Powered by Blogger.
नेतृत्व चयन सर्वसम्वत गराउने प्रयास जारी


चितवन, ११ मंसीर । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने कसरत भईरहेकाे छ  ।

केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धि, पोलिटब्युरो ब्युँताउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा लैजाने निर्णय यही कारणले गरेको हो।

शुक्रबार अबेर राति चितवनको सौराहामा बसेको बैठकले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। नेकपा एमालेको संस्थापन पक्ष, अन्तर विरोधमा दश बुँदे सहमति गरेर एमालेमै रहेको पक्ष र नेकपाको निरन्तरता भन्दै एमालेमै रहेको पूर्व माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हो। उक्त निर्णयले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेजनको चाहना पूरा गर्ने अपेक्षा गरिएको छ। किनकी पद बढाएर भए पनि नेताहरुको व्यवस्थापन गर्ने गरी उक्त निर्णय भएको हो।


उक्त प्रस्ताव निर्णयार्थ केन्द्रीय कमिटीमा पेस गर्नुअघि अध्यक्ष केपी शर्मा ओली र उनी निकटस्थहरुहरुले नेताहरुका सम्भावित पदको समेत हिसाबकिताब गरेको बुझिएको छ। नेता योगेश भट्टराईले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने दिशामा पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयले सहज बनेको बताए। ‘मलाई लाग्छ अब सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने दिशामा अघि बढेको छ,’ उनले भने।


, ,

0 comments

Write Down Your Responses