Powered by Blogger.
वास्तविक किसानले जानकारी नै पाउदैनन् कृषि अनुदान


सिन्धुली, १६ कात्तिक । कृषिमा आत्मनिर्भर हुन तथा निर्यात याेग्य कृषि उपजहरूकाे उत्पादकत्व बृद्वि गर्न प्रत्येक निर्वाचन क्षेत्रमा नमुना कृषि फार्म स्थापना र सञ्चालन गर्ने बागमति प्रदेश सरकारकाे नीति सिन्धुलीका कुनैपनि निर्वाचन क्षेत्रमा कार्यान्वयन हुन सकेन । 

बागमति प्रदेश सरकारले भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि बिकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागी आर्थिक बर्ष २०७६/०७७ देखी प्रत्येक निर्वाचन क्षेत्रमा  नमुना कृषि फार्म स्थापना तथा सञ्चालनका लागि कृषि सहकारी तथा कषक समूहले पाउने गरि १५/१५ लाख अनुदानकाे ब्यवस्था गरेपनि जिल्लाका कृषकहरूले जानकारी नै पाउन सकेन्न । 

जिल्लाकाे एक निर्वाचन क्षेत्र फिक्कल गाउँपालिका-५ मा सञ्चालित चाल्नेखाेला ब्यवसायीक कृषि फार्मले अनुदानका लागि आवेदन दिएर केही अनुदान प्राप्त गरेपनि काम नै गर्न नसक्दा १५ लाख अनुदान रकममा ४३ हजार ३२० मात्र भुक्तानी लिएका छन । 

जिल्लाका कृषि सहकारी तथा कृषकहरूले पाउने २ बर्षकाे १ कराेड अनुदान रकम फ्रिज हुनुमा सम्बन्धीत निर्वाचन क्षेत्रका जनप्रतिनिधी र कार्यान्वयन गर्ने कार्यालयकाे गम्भीर कमजाेरी देखिएकाे छ । 

कृषिलाई मुख्य पेशा बनाएर व्यवासायीकरण र औद्योगिकीकरणमा आउन चाहने युवा तथा व्यवसायीहरु समेत अनुदान नपाउँदा निरुत्साहित र पलायन भएको अवस्था छ।

प्रदेश सरकारकाे अनुदान सम्बन्धी नीति कार्यक्रम र बजेट ताली पड्काएर पास गरेका सांसदहरूले आफ्नाे निर्वाचन क्षेत्रका कृषकहरूलाई किन उक्त कार्यक्रममा सहभागी गराउन सकेन्न ?

कार्यक्रम कार्यान्वयन गर्ने निकाय कृषि निर्देशनालयले जिल्ला तहमा कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका निकायसँग समन्यवकारी भुमिका निर्वाह गरि कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन किन गर्न सकेन ? 

यी प्रश्ननहरूकाे  विभिन्न बाहाना सहितका जवाफहरू त पाउन सकिएला तर कृषकहरूले पाउने अनुदान फ्रिज भइसकेकाे  छ । 

पुर्वमन्त्री हरिबाेल गजुरेलले बागमति प्रदेश सरकारबाट माेटाे रकम अनुदान लिने तर जिल्लाका सामान्य कृषकहरूका लागि बिनियाेजित लाखाै अनुदान रकमकाे बारेमा कृषक अनभिज्ञ हुने अवस्थालाई सामान्य ढंगले बुझ्न नहुने कृषकहरू बताउछन ।


, ,

0 comments

Write Down Your Responses