Powered by Blogger.
सासंद दाहालकाे ज्यादतिकाे स्थानिय सरकारले प्रतिबाद गर्छ - मेयर राउत


सिन्धुली(दुधाैली) १५ मंसिर । मङलबार माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रदेश सासंद लेखनाथ दाहालले मजदुर माथि गरेकाे हातपातकाे बिषयलाई लिएर स्थानीय सरकारकाे गम्भीर ध्यानाकर्षण भएकाे दुधाैली नगरपालिकाका मेयर घनश्याम राउतले बताएका छन ।

मेयर घनश्याम राउतले भने,  `जननिर्वाचित सासंदले मजदुर माथि कुटपिट गर्नु र ढाट भत्काउनु स्थानीय सरकार माथिकाे अपमान हाे, याे उदण्ड क्रियाकलापकाे सरकारले प्रतिबाद गर्छ ।´ 

नगरपालिका कार्यालयले कानुनी हिसाबले ब्यवस्थापन गरेकाे ठेक्कामा बिना कारण हस्तक्षेप गर्न खाेज्नु बेठिक भएकाे बताउँदै ठेकेदार कम्पनिलाई उजुरी लिएर कार्यालयमा आउन र सम्झाैता अनुसार आफ्नाे काम सुरू गर्न भनिएकाे मेयर राउतले बताए ।


दुधाैली नगरपालिका कार्यालयले आर्थिक बर्ष २०७८/०७९ का लागि रू २,२६,५६५ मा पुर्वाधार उपयाेग कर संकलनकाे ठेक्का लगाएकाे थियाे । 

उक्त पुर्वाधार निकाशी करकाे ठेक्का केएल केएन निर्माण सेवाले प्राप्त गरेकाे थियाे । 

उक्त निर्माण सेवाले नगरपालिकासँग अनुमति लिएर दुधाैली नगरपालिका-३ झुंगामा ढाट राखेर कर संकलन गरिरहेकाे अवस्थामा कम्पनिका कर्मचारी निश्चल कार्की माथि सासंद दाहालले हातपात गर्दै ढाट ताेडफाेड गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses