Powered by Blogger.
शिक्षकहित बचत तथा ऋण सहकारीकाे बार्षिक साधारणसभा सम्पन्न

  


सिन्धुली, १७ मंसीर । शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाकाे ११ ओैं बार्षिक साधारणसभा सुक्रबार एक समाराेह बीच सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । 

साधारणसभालाई प्रमुख अतिथिकाे रूपमा सम्बाेधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि पुँजीमा रूपान्तरण गर्ने र शिक्षकहरूकाे अप्ठेराेमा सहयाेग पुर्याउने उदेश्यले संगठनले सहकारीकाे सुरू गरेकाे र यस्ले शिक्षकहरूले सेवा निवृत अवस्थामा समेत निक्कै सहयाेगी बनेकाे बताए । अध्यक्ष शर्माले शिक्षक सहकारी सबै हिसाबले उपलब्धीमुलक भएकाले सबै शिक्षकहरूलाई आबद्व हुन आग्रह समेत गरे । 

संस्थाका अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षतामा सम्पन्न ११ ओैं बार्षिक साधारणसभामा संस्थाका सचिब लाेकमणि तिमल्सीनाले बार्षिक प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष पुरूषाेतम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

साधारण सभाकाे अवसरमा जेष्ठ शेयर सदस्य, उत्कृष्ट शेयर खरिद कर्ता, नियमित बचतकर्ता, अग्रीम बचतकर्ता, बाल बचतकर्ता तथा संस्थापक सदस्य मध्ये ५ जनालाई सम्मान समेत गरेकाे छ । 

जिल्ला भरिका ९८६ शिक्षकहरू सदस्य रहेकाे उक्त सहकारीकाे हाल सम्मकाे कुल चुक्ता पुँजी रू ७८ लाख ४८ हजार सात सय रहेकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । 

सहकारीले आफ्ना सदस्यहरूलाई शैक्षिक कर्जा, स्वास्थ्य उपचार कर्जा, ब्यवशायीक कर्जा, आवास तथा घरजग्गा खरिद कर्जा, ओैधाेगिक कर्जा, सवारी कर्जा, ल्यापटप खरिद कर्जा उपलब्ध गराउदै आएकाे छ । 

कार्यक्रममा नेकपा(एमाले)का केन्द्रीय सदस्य कमलजंग राई, प्रदेश सासंद बिनाेद खड्का, कमलामाई नगर प्रमुख खड्ग खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरूषाेतम पहाडी लगायतकाे उपस्थिती रहेकाे थियाे ।


, ,

0 comments

Write Down Your Responses