Powered by Blogger.
कम्युनिष्ट पार्टी र संसोधनवाद


शान्तिमान कार्की, नेता, नेकपा(एमाले)

बर्तमान बिश्वमा चीन,भियतनाम,उत्तर कोरिया, लाओस,क्युवा र कम्बोडिया बाहेक संसार भरि नै कम्युनिस्ट पार्टी ओरालो लागेकोअबस्थामा  छ। नेपालमा सशक्त बनेको कम्युनिष्ट पार्टी फुटको कारण यतिबेला रक्षात्मक बनको छ।

खासगरि सन् १९५३मा स्टालिनको निधन भए पछि विश्व कम्युनिस्ट आन्दोलनमा गम्भीर मतभेद र बिभाजनको प्रारम्भ भएको थियो। सोभियत संघको कम्युनिष्ट पार्टीका प्रथम सचिव सेर्गेई निकिता ख्रुश्चचेभ यस विवादको मुल कारण थिए । स्टालिनको निधन पछि  महासचिव बनेका ख्रुस्चेभले  सन्१९५६ मा मस्कोमा भएको सोभियत संघको कम्युनिस्ट पार्टीको  विशौं महाधिवेशनले स्तालिनलाई क्रुर शासक, सन्की तानाशाह,हत्यारा र षडयन्त्रकारी  जस्ता लान्छना लगायो । चिहानमा  गाडिएको स्तालिनको सवलाई झिकेर फाँशिमा झुण्ड्याउने जस्तो निन्दनीय र घटिया काम गर्यो। स्तालिन पछिको उत्तराधिकारी बनेको ख्रुसचेभले आफ्नै पार्टीका महान नेता तथा महासचिव ,श्रमजीवी वर्गका महान गुरु ,पहिलो समाजवादी  सोभियत गणराज्यहरूको संघका संस्थापक सदस्य ,दोश्रो विश्र्वयुद्धमा हिटलरको नाजीवादी जर्मन साम्राज्यवादलाई पराजित गर्ने देशभक्तिपूर्ण युद्धका सर्बोच्च कमान्डर र विश्व-मानवताका संरक्षक कमरेड स्तालिनलाई ख्रुस्चेभको संसोधनवादी डफ्फाले घोर अपमान र तिरष्कार गर्यो। 

यस घटनाको संसार भरिका क्रान्तिकारी कम्युनिष्ट पार्टी र मजदुर संगठनले  चर्को विरोध गरे । यसै घटनाले विश्व कम्युनिस्ट आन्दोलनको एकताबद्ध समाजवादी सिविरमा चरम फुट र विभाजन पैदा गर्यो । त्यसपछि विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको नेताको रुपमा क.माओले खुस्चोवी संसोधनवादको विरुद्ध महाविवादमा कम्युनिष्ट पार्टीको क्रान्तिकारी धाराको रक्षा र विकास गर्नु भयो ।  ख्रुश्चेवले कम्युनिष्ट आन्दोलन भित्र छिरेका संसोधनवादी र गद्दार  अवसरवादी पिछलग्गुहरुको जमात खडा गर्यो । जस्ले अहिलेसम्म पनि कम्युनिस्ट पार्टीको नाममा संसोधनवादी अवसरवादी सम्प्रदायको राजनीति जारी राखेको छ। यसले मार्क्सवादी दर्शनमा अनेक किसिमका तोडमोड गरेर पनि आफुलाई कम्युनिष्ट भन्न छोड्दैन । यसले वर्गीय पक्षधरताको विरोधमा सम्पूर्ण जनताको पार्टीको  रुपमा पेश गर्छ। यसले राजनीतिमा कोहि पनि स्थायी शत्रु हुदैनन् भन्ने मान्यता राख्ने गर्दछ।

चुनावमा प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिको मात्रै  वकालत गर्नु यसको मुल विशेषता हो । राजनीतिक सामाजिक ,आर्थिक र सास्कृतिक रुपान्तरणको ठोस उदेश्य बिनाको राजनीतिले यसलाई अन्तत: प्रतिकृयावादी र निरङ्कुशताको बाटोमा अग्रसर गराउछ। 

मार्क्स एंगेल्सका समकालीन लासाल,प्रुधो,लेनिनका समकालीन बर्नस्टिन,बाकुनिन,कार्ल काउत्स्की, र माओका समकालिन ख्रुश्चेभ-ब्रेझ्नेभहरु संसोधनवादका मुख्य नेताहरु हुन्।  जसले मार्क्सवादी दर्शनको अडेसोमा संसोधनवादी विचारधाराको संगठित  अभियान चलाएर मार्क्सवादी कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाएका थिए। ख्रुश्चचेभको संसोधनवादी विचार र राजनीतीलाई जस्ताको तेस्तै राखेर कम्युनिस्ट पार्टी र समाजवादको

पुन:संरचना र खुलापन(ग्लासनोस्तर पेरेस्त्रोइका)लागू गर्न खोज्दा अन्तत: मिखाइल गोर्भाचोभ पार्टी महासचिव र राष्ट्रपती भएको समयमा पहिलो समाजवादी सोभियत संघको  विघटन संगै १५ टुक्रामा बिभाजन भयो। सोभियत संघको पछि लाग्ने प्राय देश र पार्टीहरु भित्र  फैलिएको संसोधनवाद अन्तत: खुलमखुल्ला विसर्जनवाद दक्षिणपन्थी अवसरवादमा समाप्त भयो। यसरी  हेर्दा कम्युनिस्ट आन्दोलनको संगठन र विघटनसँग जोडिएर आउने संसोधनवादी धारको सुरुवातमा खास कुनै मूर्त र छुट्टै  दर्शन, विचारधारा र सिद्धान्त हुदैन।  यो कम्युनिस्ट पार्टी भित्रै देखा पर्ने पुरानो निम्न पुँजीवादी उत्पादन सम्बन्धको परिणाम हुने गर्छ। 

प्रतिक्रियावादी आर्थिक सामाजिक उत्पादन सम्बन्ध भएको व्यवस्था नै संसोधनवादको मुहान हो। पुँजीवादको प्रतिरुप बनेको संसोधनवाद कोरोना भाईरस भन्दा घातक र संक्रामक हुन्छ। कोरोना भन्दा हजार गुणा छिटो र  जताततै फैलिन  सक्छ। यसले सन् १९९० को दशकमा रुस ,पूर्वी युरोप लगायतका समाजवादी देश र  त्यहाँका कम्युनिष्ट पार्टीहरूलाई सखाप पारेको थियो। यसको मुख्य कारण कम्युनिस्ट पार्टी र त्यसको सिद्धान्तमा विकसित भएको संसोधनवाद नै प्रमुख कारण थियो। जसले विश्व कम्युनिस्ट आन्दोलनलाई  रक्षात्मक  अबस्थामा धकेल्यो , त्यो विभाजन अहिलेसम्म जारी छ।सागाठानिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई पराजित नगरि कम्युनिस्ट आन्दोलनले कुनै पनि देशमा विजय प्राप्त गर्न सक्दैन।


,

0 comments

Write Down Your Responses