Powered by Blogger.
कबिता : चाैकीदार


                                       बुद्वकुमार आछामी

चाैकीदार आज युद्वकाे असली कमाण्डर बनेकाे छ 

असली कमाण्डर आज खाडिमा चाैकीदार बनेकाे छ 

समय फेरिएकाे छ , परिस्थिती फेरिएकाे छ । 

पात्र फेरिएकाे छ, प्रवृति पनि फेरिएकाे छ 

तर कथा फेरिएकाे छैन 

पुरानै कथा नयाँ पात्रहरू द्वारा अभिनित छ । 

घरका मालिकहरू फेरिएका छन 

आफुले बनाएकाे घर चाैकीदारलाई जिम्मा लगाएर 

स्वाभिमान बेचेर बाच्न बिवस छन घरवेटीहरू 

चाैकीदार

आफ्ना अनुयायीहरू वरिपरि राखेर युद्वका बनावटी कथा सुनाउँछ, गर्बिलाे ईतिहास सुनाउँछ 

अनुयायीहरू बिना प्रतिक्रिया चुपचाप कथा श्रवण गर्छन ।

मानाैं उनिहरू कार्यकर्ता हाेईन भक्तजनहरू हुन ।

चाैकिदार 

ब्यवाहारमा बलिदानकाे अपमान गर्दै भाषणमा बलिदानका गाथा सुनाउँछ । 

आत्मसर्मरपणलाई प्याराे ठान्ने उ संघर्षका ईतिहास बताउछ 

पैसालाई प्याराे ठान्ने उ सादा जिवनकाे दर्शन अलाप्छ ।

चाैकीदार 

आफुलाई भगवान सम्झीरहेकाे छ, तर खासमा उ सरदार हाे । 

आफुलाई बलवान् सम्झीरहेकाे छ, तर खासमा उ कायर हाे । 

आफुलाई नेता सम्झीरहेकाे छ, तर खासमा उ नाईके हाे ।              


, ,

0 comments

Write Down Your Responses