Powered by Blogger.
जनताले एमालेलाई पहिलाे दल बनाउछन: रायमाझी



सिन्धुली ११ चैत्र । नेकपा एमालेका सचिव तथा पूर्व उप–प्रधान मन्त्री टोपबहादुर रायमाझीले आउँदो स्थानीय निर्वाचनमा एमालेलाई हराउने कुनै दलको हैसियत नभएको र जनताले एमालेलाई पहिलाे दल बनाउने बताएका छन ।

नेकपा एमाले दुधौली नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले अबको निर्वाचनबाट नेकपा एमालेलाई जनताले पहिलो दल बनाउने उद्घघाेष गरे ।

देशभर एमालेमा जनताको लहर देखेर परमादेशीहरु आत्तिएको भन्दै उनले गठबन्धन दलहरू महा गठबन्धन बनेर निर्वाचनमा होमिने भन्नु नै नेकपा एमालेलाई हराउने कुनै दलको हैसियत नरहेको प्रस्ट भएको बताए ।

हिजो सूर्य–हसिया हथौडा चिन्हबाट जित्नेहरू स्वार्थका लागि आज बुढो रुखमा विलय भएका छन् तर पनि आफ्नो हैसियत विर्सिएर एमालेलाई हराउँछौ भने पनि यस्ता कुकर्म गर्नेहरूलाई जनताले आगामी निर्वाचन पछि त्यस्ता दलहरूलाई दिउँसै टर्च बालेर खोज्नु पर्ने अवस्था आउँदै गरेको उल्लेख गरे ।

स्वार्थकोलागि आफ्नो सरकार ढालेर काग्रेसको पुच्छर समाउन पुगेका नेताहरू स्खलित भएर चोइटिएर विलयको यात्रामा रहेको बताउनुभयो ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै एकता पछिको ध्रुवीकरण हुनु नै एमाले नयाँ स्वरूपमा परिणत हुनु रहेको बताउँदै नेकपा एमालेले लिएको राष्ट्रिय आकाङ्क्षा “समृद्ध नेपाल सुखी नेपाली”को नारालाई पुरा गर्न केपी ओली नेतृत्वको सरकारले आधारशिला तयार गरेको र बाँकी कार्यभार पुरा गर्न जनताले नेकपा एमालेका उम्मेदवारहरूले सानदार मत दिएर पठाउने उल्लेख गरे ।


, ,

0 comments

Write Down Your Responses