Powered by Blogger.
ग्वाङखाेलामा डुबेर एक बालककाे मृत्यू


सिन्धुली, ३ बैशाख । पक्की पुल निर्माणको लागी खोलामा खनेको खाल्डोमा पानी जमेर बनेको दहमा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ ।

सिन्धुलीको कनपा -४ ढुङ्ग्रेबासबाट धुराबजार जोड्ने पक्की पुल निर्माण स्थलमा पुल निर्माणको लागी बनेको खोलाको दहमा डुबेर फिक्कल गाउँपालिका १ का बर्ष १२ का सृयास भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक भुजेल सदरमुकाम स्थित जनता आबासिय मा.बि रातमाटामा कक्षा ४ मा अध्यनरत क्षात्र हुन । शनिबार साथिहरु संग खोलामा पौडी खेल्ने क्रममा खोलाको गहिरो दहमा डुबेर उनको मृत्यु भएको हो ।

फिक्कल १ महादेबडाडा स्थित प्रकाश भुजेल र श्रीमती मन्जु भुजेलको मृतक बालक कान्छो छोरा हुन । साथिहरु संग पौडी खेल्ने क्रममा बालक डुबेको उनिसंगै रहेका साथिहरुले खबर गरेपछी बालकको उक्त दहमा खोजी गरिएको थियो ।

गहिरो दहमा धेरै बेर खोजी कार्य भएपछी बालकलाइ मृत अबस्थामा स्थानियले फेला पारी बाहिर निकालेका हुन । निर्माण स्थलमा तारजाली घेराबेरा नलाएका कारण निर्माण कम्पनीको लापरबाहीमा बालकको ज्यान गएको मृतकका परिवारको आरोप छ ।



,

0 comments

Write Down Your Responses