Powered by Blogger.
काग्रेस वडा सभापतिद्धारा सुनकोशी गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्र उमेदवारी दर्ता


सिन्धुली, ११ वैशाख । नेपाली काग्रेस सुनकोशी गाउँपालिका–७ का वडा सभापति नेपाली काग्रेसका पुराना नेता उत्तर कुमार लामाले आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन । 

नेपाली काग्रेसले गठबन्धनको नाममा नेपाली काग्रेसको जित सुनिश्चित भएको गाउँपालिका तथा वडाहरु माओवादी केन्द्रलाई बुझाएको भन्दै उनले स्वतन्त्र रुपमा आफु उमेदवार बनेको बताए । 

यस अघि सुनकोशी गाउँपालिकामा कुनै पनि प्रकारको गठबन्धन नगर्ने निर्णय गर्दै ७ वटै वडाका सभापतिहरुले पार्टी कार्यालयमा ज्ञापन पत्र तथा प्रेस बिज्ञप्ती जारी गरेका थिए । तर पार्टीले उक्त मागको वेवास्ता गर्दै गठबन्धन गरेको भन्दै पुन वडा सभापति तथा गाउँपालिका कमिटीको भेलाले गठबन्धनले दिएको टिकट कुनैपनि हालतमा नलिने, टिकट च्यात्ने तथा कसैले टिकट लिएमा कालोमसो दल्ने निर्णय गरेको भएपनि उक्त निर्णयलाई बेवास्ता गर्दै नेतृत्वले दुइजिब्रे कुरा गर्दै टिकट लिएको कारण आफु सबै साथीहरुको प्रतिनिधीत्व गर्दै स्वतन्त्र उमेदवारी लिएको लामाले बताए । 

उनले नेपाली काग्रेसलाई मायाँ गर्ने कार्यकर्ता र जनताको काग्रेसलाई नै भोट हाल्ने चाहाना पुरा गर्न आफुले स्वतन्त्र रुपमा चुनाब लड्ने निर्णय लिएको र कुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने समेत बताए । पार्टीले कार्वाही गर्ला नी भन्ने प्रश्नमा लामाले आफुलाई पार्टीको कार्वाहीको कुनै डर नभएको स्वतन्त्र भएर चुनाबी मैदानमा उत्रने बताए । 

गठबन्धन दलहरु बीच भएको चुनाबी तालमेलमा सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली काग्रेसले गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिने निर्णय भएको छ । 

आज उमेदवारी दर्ताको पहिलो दिन सुनकोशी गाउँपालिकामा गठबन्धन दल र नेकपा(एमाले) तथा अन्य दलहरुले उमेदवारी दर्ता गरेका छैनन् भने उन्नत लोकतान्त्र पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका लागी सुनकोशी–२ स्थायी ठेगाना भएका बाल कुमार वुर्जाले र वडा नं.३ का रामचन्द्र अधिकारीले वडा अध्यक्ष पदको लागी स्वतन्त्र उमेदवारको रुपमा उमेदवारी दर्ता गराएका छन ।


, ,

0 comments

Write Down Your Responses