Powered by Blogger.
मरिण गाउँपालिकामा उत्साहपुर्वक रुपमा नेकपा(एमाले)द्धारा उमेदवारी दर्ता

सिन्धुली, ११ बैशाख । स्थानीय तह निर्वाचन २०७९ का लागी नेकपा(एमाले) सिन्धुली मरिण गाउँपालिकाकाले आज उत्सापुर्वक रुपमा उमेदवारी दर्ता गरेको छ । 

मरिण गाउँपालिकाको केन्द्र कपिलाकोटमा रहेको निर्वाचन कार्यालयमा बाजागाजा सहित हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थितीमा नेकपा(एमाले)ले गाउँपालिकाको अध्यक्षमा उमेदवारी दर्ता गरेको हो । 

उक्त उमेदवारी दर्ता कार्यक्रम पछि सम्पनन् कोणसभालाई नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश कुमार पहाडी, केन्द्रिय सदस्य मनोजजंग थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । 


अध्यक्षको उमेदवारी आज दर्ता गरेको छ भने उपाध्यक्ष सहित अन्य वडाहरुको उमेदवारी दर्ता सोमबार हुने जनाइएको छ । नेकपा(एमाले)ले सर्वसम्बत रुपमा पुराना स्थापित नेता गोबिन्दलाल माझीलाई अध्यक्षको उमेदवार बनाए पछि मरिण गाउँपालिकामा नेकपा(एमाले)को चुनाबि माहोल बढ्दै गएको छ । 


गठबन्धन दलहरु भने आन्तरिक किचलोमा परेका छन । नेकपा(माओवादी)केन्द्रका नेताहरुले सामुहिक बिद्रोह गरेका छन भने बिद्रोहको क्रम दिनानुदिन बढ्दै गएको छ ।


,

0 comments

Write Down Your Responses