Powered by Blogger.
सिन्धुली माओबादीले श्रमिकको ज्यान लियो


सिन्धुली १४ बैशाख । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा प्रचार सामाग्री छापेको पैसा माग्न जाँदा प्रेश श्रमिकको हत्या भएको छ । 

नेकपा(माओवादी केन्द्र)का तत्कालिन गोलन्जोर गाउँपालिका अध्यक्षका उमेदवार ज्वाला प्रसाद न्यौपानेले प्रचार सामाग्री छपाई गरेको बाँकी ४८ हजार रुपैयाँ माग गर्दै पार्टी कार्यालयमा अनसन बसेका पुष्पदिप अपसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कुटपिटबाट मृत्यू भएको मृतकका परिवारले आरोप लगाएका छन । 

मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ता प्रकाश काफ्ले बिरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता गराएका छन । अपरान्ह १ बजेको समयमा पार्टी कार्यालय भित्र देवकोटा माथि हातपात भएको स्थानीय बताउछन । हातपात पछि मृतक देवकोटाका छोरालाई खबर गरी अस्पताल लैजान भनेकोमा अस्पताल पुगेपछि डाक्टरले देवकोटालाई मृत घोषणा गरेका थिए । 

मृतक देवकोटाले श्रम बापतको रकम बारम्बार माग गर्दा पनि नपाएपछि उनी पार्टी कार्यालयमै अनशन बसेका थिए । अहिले देवकोटाको शब सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागी राखिएको प्रहरीले बताएको छ भने दोषिमाथि कानुनी कार्वाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने मृतकका परिवारले बताएका छन । 

पिडक काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक बिमलराज कडेलले बताए । स्थिती तनाबग्रस्त हुन सक्ने भन्दै अहिले सिन्धुलीमाढी स्थित माओवादी केन्द्रको पार्टी कार्यालय शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ ।


, ,

0 comments

Write Down Your Responses