Powered by Blogger.
सिन्धुलीमा बोलेरो दुर्घटना तिन जनाको मृत्यु

 


सिन्धुली १७ बैशाख । सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका वडा नम्बर ५ नक्कलेमा बोलेरो दुर्घटना हुर्दा दुइ जना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बागमती प्रदेश¬०१¬०२ च ०४५नम्बरको बोलेरो तिनपाटन ५ नक्कले भित्रि सडक खण्ड वाङरिङ जाने बाटोमा दुर्घटना भएको हो । गाडिमा सवार केहि व्यक्ति घाइते छन् । घाइतेको उपचारका लागि सिन्धुली अस्पताल ल्याउदै गरेको जनाइएको छ । मृत्यु हुने साथै घाइतेको विवरण आउन बाकिँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । उहाँका अनुसार घटना स्थलमा प्रहरी जादै छ । थप विवरण आउन केहि समय लाग्ने छ ।



,

0 comments

Write Down Your Responses