Powered by Blogger.
माओवादीबाट उपाध्यक्षमा निर्वाचित माझी पुन एमालेबाट उपाध्यक्षमा उम्मेदवारी

 


सिन्धुली, १२ बैशाख । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा(माओवादी)बाट निर्वाचित मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझीले नेकपा(एमाले)बाट पुन गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ । 

उपाध्यक्ष माझीले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुन उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट मनोनय गर्दा गर्नुभएको हो ।

सोमबार निर्वाचन अधिकृतको कार्यालय मरिणमा पुगेर उहाँले उमेदवारी दर्ता गराउनुभएको छ । नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य समेत रहनुभएको माझीले पार्टीको निर्णय असन्तुष्टि भएकाले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको बताउनुभयो ।

माओवादी पार्टीको विधान साथै कानुन तल्लो स्तरको नेता तथा कार्यकतालाई मात्र लागु भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । साथै गठबन्धन दलले महिलालाई बहिष्कार गरेको उहाँको भनाइ छ । महिलाको आवाज उठाउनका आफुले पुन उपाध्यक्षमा उमेदवारी दर्ता गराएको बताउनुभयो । 


, ,

0 comments

Write Down Your Responses