Powered by Blogger.
राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति र जनताको सर्वोच्चताको लागि एमालेलाई बिजयी गराओैं- अध्यक्ष - कार्की

 


देश यतिबेला निर्वाचनको संग्राममा छ । नेपालको संविधान–२०७२ ले देशलाई संघीय संरचनामा रुपान्तरण गरेसँगै पहिलो स्थानीय तह निर्वाचन–२०७४ को कार्यकालको अन्त्यसँगै दोश्रो स्थानीय तहको निर्वाचन–२०७९ आउँदो बैशाख ३० मा सम्पनन् हुन लागीरहेको छ । यसपटकको स्थानीय तह निर्वाचन निकै रोचक देखिएको छ । गठबन्धनको नाम काग्रेस, माओवादी, जनता समाजवादी लगायत ५ दलको मोर्चाबन्दी एकातिर छ भने अर्कातिर नेकपा(एमाले) एक्लै चुनाबी मैदानमा छ । सिन्धुली जिल्लामा पनि गाउँपालिका/नगरपालिका तथा वडा तहसम्म नै नेपाली काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन बनेको छ भने नेकपा(एमाले)लगायतका अन्य दलहरु एक्ला एक्लै चुनाबी मैदानमा होमिएका छन । 

उमेदवारी दर्तासँगै सबै राजनैतिक पार्टीहरुले चुनावी अभियानलाई तिब्रता दिईसकेका छन । निर्वाचन अभियानकै सन्दर्भमा केन्द्रित रहेर नेकपा(एमाले) सिन्धुली अध्यक्ष कुमार बहादुर कार्कीसँग गरिएको कुराकानीको संपादित अंश ।(प्रस्तुती बुद्धकुमार आछामी)

निर्वाचनमा बिजय प्राप्त गर्न कस्तो तयारी गरिरहनु भएको छ ? 

विशेषत स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर हामीले २ महिना अगाडि देखी नै योजनाबद्ध ढंगले गतिविधीहरु अगाडी बढाईरहेका छौं । हामीले २ महिना अगाडि देखी घर घरमा एमाले टोल टोलमा एमाले मन मनमा एमाले भन्ने नाराका साथ जनताको घरदैलोमा पुगेर आफ्ना पार्टीका विचार राजनिती र योजनाहरु पुयाउने काम गरेका छौं । जनताको समस्या के हो ? हाम्रो समाजको सबृद्धि र समानताका लागी संभावनाहरु के हुन ? भन्ने सन्दर्भमा नागरिकका सुझाब संकलन गर्दै प्रतिबद्धता पत्र निर्माण गर्ने काम गरेका छौं । 

हामी योजनाबद्ध ढंगले नेता कार्यकर्ताहरुको परिचालन गर्दै परमादेशी सरकारका वेथिती बिरुद्ध ब्यापक भण्डाफोर गर्दै केपी ओली नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार प्रसार र अराजक र अराजनैतिक गतिवीधीहरुको प्रतिबाद गर्ने काम गरिरहेका छौं । हामी चाहान्छौं निर्वाचन शान्तिपूर्ण होस, जनताले स्वतन्त्र ढंगले आफ्नो मतको प्रयोग गर्न पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । हामीले आफ्नो तर्फबाट पनि सबै तहका नेता कार्यकर्ताहरुलाई संयमित भएर चुनाबि अभियानमा लाग्न निर्देशन गरेका छौं । सबै स्थानीय तहमा उमेदवारहरुले निर्वाचन अभियानलाई अगाडि बढाइसक्नु भएको छ । घरदैलो कार्यक्रमलाई ब्यवस्थित ढंगले अगाडि बढाईरहनु भएको छ । समग्रमा निर्वाचनको तयारी तिब्र गतिमा अगाडि बढिरहेको छ । 

जिल्लामा चुनावी प्रतिसप्रर्धाको अवस्था कस्तो छ ? 

हाम्रो पार्टी नेकपा(एमाले) देशकै ठुलो पार्टी हो । सिन्धुली जिल्लाको पनि पहिलो पार्टी हो नेकपा(एमाले), तपाई अघिल्लो स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्नुभयो भने पनि सबैभन्दा बढी जनप्रतिनिधी निर्वाचीत नेकपा(एमाले)बाट नै हुनुभएको छ । यसपटकको निर्वाचनमा पनि नेकपा(एमाले) पहिलो नै हुन्छ भन्नेमा हामी विश्वस्त छौं । बिचार, राजनिती र संगठनमा सबैभन्दा बलियो एमालेलाई हराउन गरिएको गठबन्धनले हामीलाई खासै फरक पार्ने छैन, किनभने जनताले बास्तविकता बुझिसकेका छन, शक्ति र शक्ता प्राप्तीका लागी गरिएको गठबन्धन हो भन्नेमा जनता ढुक्क छन, अपवित्र गठबन्धन जनताले यसपाली साच्चै जनताले अपवित्र सावित गरिदिने छन भन्नेमा हामी विश्वस्त छौं । विचार बिहिन, सिद्धान्त विहिन, योजना विहिन गठबन्धन केवल पद र शक्तिका लागी गरिएको हो भन्ने विषय गठबन्धन पार्टी भित्रका इमान्दार नेता कार्यकर्ता साथीहरुले बुझ्नु भएको छ । अहिले गठबन्धन झमेलामा फसेको अवस्था छ । 

यसपटकको चुनाबमा नेकपा(एमाले)का प्रतिबद्धता र संकल्पहरु चाँहि के छन नी ? 

पहिलो कुरा यसपटकको निर्वाचन मार्फत हामी सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो जुन राष्ट्रिय आंकाक्षा रहेको छ त्यसलाई पुरा गर्ने प्रतिबद्धता सहित सुशासन, समृद्धि र समाजवादको आधार, पालिका पालिकामा एमालेको सरकार भन्ने मुल नाराका साथ मतदाताहरुको बीचमा गइरहेका छौं । हामीले हाम्रो यो अभियानलाई पुरा गर्न संकलपहरु पनि गरेका छौं र जिल्लाका मतदाताहरुको बीचमा अपिल पनि गरेका छौं । 

दोश्रो कुरा एमालेका जनप्रतिनिधीहरु शसक होइन जनताको सेवक हुनेछन, सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन, सुशासन, सदाचारका दृष्टान्त बन्नेछन । नागरिक प्रति जवाफदेही र जिम्मेवार बन्ने छन र बनाउनु पर्छ भन्ने कुरामा हामी प्रतिबद्ध छौं । 

तेश्रो कुरा नेकपा(एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी हो, बास्तविक अर्थमा राष्ट्र राष्ट्रियता र जनजिविकाको सवालमा नेकपा(एमाले) नै जिम्मेवार पार्टी हो भन्ने कुरा हामी ब्यवाहारबाट पुष्टी गरिसकेका छौं । बिकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा(एमाले) मात्र हो । त्यतिमात्र होइन बामपन्थी आन्दोलनको मुल प्रवाह नेकपा(एमाले) मात्र हो भन्ने पनि जनताले बुझिसकेको छ । त्यसैले हामी फेरि पनि भन्छौं साचो अर्थको कम्युनिष्ट पार्टी एमाले हो र विकास र समृद्धिको सम्बाहक पनि एमाले हो भन्ने कुरा ढुक्क भएर स्थानीय तहमा नेकपा(एमाले)को सरकार निर्माण गर्न सुर्य चिन्हमा मतदान गर्न सबै सिन्धुलीबासीहरुलाई आग्रह गर्न चाहान्छु । 

निर्वाचनको सन्दर्भमा सिन्धुलीबासीलाई नेकपा(एमाले)को तर्फबाट गर्नुपर्ने अपिल केही छ की ? 

आज मुलुक स्पष्ट रुपमा दुई ध्रुवमा ध्रुब्रिकृत हुँदै गईरहेको छ । एकातिर नेकपा(एमाले) छ, जसले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्छ, जसले राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति र जनताको सर्वोच्चताको प्रतिनिधीत्व गर्छ र जसको मुल ध्येय बिकास निर्माणलाई तीब्र रुपमा अगाडि बढाउनु, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नु एवं समाजवादका आधार निर्माण गर्नु रहेको छ । 

अर्कातिर छ नेपाली काग्रेसले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धन, जो राष्ट्रिय हित प्रति होइन, विदेशीहरुका लागि कम्फर्टेबल बन्न बचनबद्ध छ, जो राजनीतिक अस्थिरता, अराजकता र अदालतसँगको सेटिङमा विश्वास गर्छ, राज्यका महत्वपूर्ण संस्थाहरु माथि प्रहार गर्छ र जसको एकमात्र ध्येय आफ्नो, आफ्नो गुट र आफ्नो परिवारको स्वार्थपूर्ति गर्नु हो, नेकपा(एमाले)लाई कमजोर पार्नु हो । आज देशको समग्र राजनीति यिनै दुई बिचार, शक्ति र कार्यदिशाका वरिपरि केन्द्रित छ । 

राष्ट्रियताको रक्षा, लोकतन्त्रको स्थापना र सामाजिक आर्थिक रुपान्तरणको लागि हाम्रो पार्टीले गएका पौने शताब्दीमा गरेका बलिदानी सङ्घर्ष र खेलेको अग्रणी भूमिका यहाँहरु समक्ष स्पष्ट छ । हामी यतिबेला समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने नयाँ अभियानमा छौं । यस अभियानमा सफलताका लागि सदा झैं तपाईहरुको पूर्ण साथ र समर्थन रहने कुरामा हामी पूर्णरुपले विस्वस्त छौं । यस अवसरको अधिकतम सदुपयोग गर्दै नेकपा(एमाले)का सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई विजयी बनाउन हामी हार्दिक आह्वान र अपिल गर्न चाहान्छु ।


, ,

0 comments

Write Down Your Responses